Madhyabindu News App
कला-साहित्य

लेट मिइन मिसेज व्यूटी क्विनको उपाधि रश्मिलाई

Madhyabindu Online


A A- A+

काठमाडौं – लेट मिइन मिसेस व्यूटी क्विन नेपाल सिजन ४ को उपाधि रश्मि शाक्यले जितेकी छन् । सिजन मिडियाद्वारा आयोजित प्रतियोगितामा ललितपुरकी रश्मि शाक्यले २२ प्रतियोगीहरुलाई पछि पार्दै मिसेज ट्यालेन्ट अवार्ड जितेकी हुन् ।

ललितपुरमा सौन्दर्य पेसा गर्दै आएकी शाक्यले रेफ्रिजेनेटर लेट मिइनको तर्फबाट ३० हजार रुपैयाँ बराबरको गिफ्ट भौचर, सिंगापुर मलेसियाको भ्रमणको लागि हवाई टिकट उपहार प्राप्त गरिन् ।

प्रतियोगितामा अश्विना केसीले फष्ट रनरअप साथै इन्टेलिजेन्टको टाइटल हात पारिन् । सेकेन्ड रनरअप लसता शाक्यले बेष्ट स्किन र वेष्ट वाकको पनि टाइटल जितिन् । उपाधि विजेताहरुलाई ४० इन्चको टिभि र भ्याकुम क्लिनरका साथै सिंगापुर मलेसियाको हवाई टिकट तथा लेट मिइनको तर्फबाट २० हजार रुपैयाँ बराबरको गिफ्ट भौचर प्राप्त गरिन् ।

साथै थर्ड रनरअप शर्मिला घिसिङ्, फोर्थ रनरअप सपना थापा र अर्गनाइजर च्वाइसको ताज अम्बिका थापाले जितिन् । अन्य विभिन्न विधामा अन्तर्गत, सृजना थापाले डिसिपिलिन, सजिता रेग्मी कन्फिडेन्ट, लक्ष्मी राणाले लोएल, सुनिता केसी पपुलर, अन्जु क्षेत्रीले फोटोजेनिक अवार्ड जितिन् ।

यस्तै, रेनु रायमाझी फेन्ड्ली, इनोसेन्ट निरु सिंह, हम्वल लक्ष्मी घिमिरे, लक्ष्मी अर्यालले मिसेज बब्ली, सृजना अधिकारी व्यूटीफूल, सुस्मा रिसाल सुवेदीले मिसेज इनरजेटीक, चन्द्रकला रायले मिसेज इन्थुज्यनटिक, लक्ष्मी मर्हजन कोटियोर्स, पनिता कार्की अनेष्ट, सरस्वती अचार्य गौतमले मिसेज हार्डर्ओकीङ र दाङकी सुन्नीमा लम्साले मिसेज व्रेभ एण्ड वोल्ड अवार्ड जितिन् ।

छुटाउनु भयो कि ?