
एमाले मैले बनाएको हो, म एमाले कहाँ छाड्छु ? माधब नेपाल
काठमाण्डु – प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफूले बनाएको एमाले नछोड्ने अडान लिएका छन् । उनले केपी ओलीलाई अध्यक्ष नदिने पनि बताए ।
आइतबार संसद बैठक बहिस्कार गरेर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले नेकपा एमाले आफूहरुले बनाएकाले पार्टीमा छलफल गरेर अगाडि बढ्ने बताए ।
‘नेकपा एमालेबनाउँने हामी, चलाउने हामी, त्यसको अध्यक्षको जिम्मेवारी लिएको म केपी ओलीले खोसेर खोसिन्न । एमाले मैले बनाएको हो, म एमाले कहाँ छाड्छु ? अदालतको फैसलाबारे पार्टीमा छलफल गर्छौं,’ अध्यक्ष नेपालले भने ।
नेता नेपालले सरकारको आयु सकिएको बताएका छन् । उनले पूर्वमाओवादीले समर्थन फिर्ता लियो भने पनि सरकारको टिक्ने आधार नरहेको बताए ।
‘संविधानको धारा ७६ (१) अनुसार सरकार नै रहेन । अब प्रधानमन्त्रीले बस्ने कुनै पनि आधार छैन्’, उनले भने ।