Madhyabindu News App
राजनीति

तुरुन्त एमालेको बैठक बोलाउँछु – ओली

Madhyabindu Online


A A- A+

काठमाडौं – नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै नेकपा एमालेको बैठक बोलाउने बताएका छन् । एमाले केन्द्रीय कमिटीको बैठक बोलाउने उनको धारणा थियो ।

संसदीय दलको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सर्वोच्चको फैसलाले सूर्य चिह्न कसको भन्ने भ्रम पनि मुक्त गरेको बताए ।

सम्बोधनकै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नेता भीम रावललाई संसद्मा कुन पार्टीको तर्फबाट उफ्रिएको भन्दै कटाक्ष गरेका छन् ।“भीम रावल संसद्मा कुन पार्टीको तर्फबाट उफ्रिएका रहेछन् ?,” ओलीको प्रश्न थियो ।

ओली समूहको संसदीय दलको बैठक प्रधानमन्त्री निवास वालुवाटारमा अहिले  जारी छ ।

 

छुटाउनु भयो कि ?