Madhyabindu News App
मुख्य खबर​

सर्वोच्चको फैसलाले ६ जना मुख्यमन्त्रिको पद धरापमा

Madhyabindu Online फोटो अनलाइन खबर


A A- A+

काठमाडौं – एमाले र माओवादी केन्द्र ब्यूताउने सर्वोच्चको फैसलाले केन्द्रदेखि प्रदेश सरकारहरुलाई पनि चुनौती थपिएको छ । एमाले र माओवादीबीच एकता भएपछि प्रदेश २ बाहेक ६ प्रदेशमा मुख्यमन्त्री नेकपाबाट निर्वाचित भएका थिए ।

तर, आइतबार सर्वोच्चले गरेको फैसलापछि यी सबै सरकार प्रमुखहरुले विश्वासको मत लिनुपर्ने परिस्थिति सिर्जना भएको छ। ६ मध्ये प्रदेश–१, बागमती, गण्डकी र लुम्बिनीमा तत्कालिन एमालेका नेता मुख्यमन्त्री छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा तत्कालिन माओवादीका नेता मुख्यमन्त्री पदमा छन् ।

प्रदेश १ र बागमतीमा एमालेको मात्रै सरकार सम्भव देखिन्छ । तर, यी दुवै प्रदेशका मुख्यमन्त्रीहरु विरुद्ध अविश्वासको प्रस्ताव पेश भएको अवस्था छ । अविश्वासको प्रस्ताव सामना गर्नबाट पन्छिरहेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकार सर्वोच्च अदालतको फैसलापछि दरिलो अवस्थामा देखिएका छन् ।

बागमती प्रदेशमा पनि एमाले एक्लैको सरकार बन्न सक्ने अवस्था देखिन्छ । एमाले र माओवादी मिल्दा ८० सिट रहेकामा मुख्यमन्त्री डोरमणि पौडेलको पक्षमा ३५ भन्दा कम प्रदेश सभा सदस्यको समर्थन छ भने उनको विरुद्धमा आएको अविश्वासको प्रस्तावमा ४५ जना सांसदले हस्ताक्षर नै गरेका छन् ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीहरुले भने विश्वासको मत लिनुपर्ने अवस्था आएमा पद गुमाउनुपर्ने देखिन्छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा एमालेसँग २७ र माओवादीसँग ११ सांसद छन् । एमाले कोटाबाट मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले पद जोगाउन ३१ सांसद पुर्‍याउनुपर्ने हुन्छ ।

छुटाउनु भयो कि ?