Madhyabindu News App
नयाँ समाचार

सशस्त्र प्रहरिको मिलेमतोमा पर्साको भिस्वा नाकामा व्यापक तस्करी

Madhyabindu Online


A A- A+

पर्सा – देशको सिमानाकामा मुख्य जिम्मेवारी राजश्वम चुहावट र अवैध चोरी पैठारी नियन्त्रण गर्ने जिम्मा पाएका सशस्त्र प्रहरीको मिलोमतोमा पर्सा जिल्लाको भिस्वा र बुढगाई नाकाबाट व्यापक मात्रामा तस्करी शुरु भएको छ। स्रोतका अनुसार पर्सा जिल्लाको सिमानाका भिस्वा र बुढगाईवाट तस्करहरूले सशस्त्र प्रहरी भिष्वा बीओपी इन्चार्ज संजीव बानियाँलाई लाखौं लाख नजराना दिएर तस्करी गरीरहेका छन ।

सशस्त्र प्रहरीको मिलोमतोमा नेपालबाट अहीले यो नाकामा युनिलिभर कम्पनीको फेयर एण्ड लवली क्रिम, सेम्पू, क्लोजप पेस्ट ,लगायतका कस्मेटिकहरु र कबाड, ड्रमको तस्करी खुब चम्केको छ । त्यसका अलावा चाइनिज स्याउ, खुकुरी सिगरेट, पेट्रोल, डिजेल, मोटर, मरिच, छोगडा भारततर्फ तस्करी हुने गरेको छ ।नेपाली बालुवा र कंपनीको मदिरा देखि घरेलु चूवाइ मदिरा सम्मको तस्करी भइरहेको छ । भारतको प्रसिद्द बजार सिक्टा ,पूर्सोतम्पू ,बल्थर ,मैनाटाड लगायतका ठाउबाट अवैध रुपमा भन्सार छली रातिको समयमा इन्डियाबाट ईलेक्ट्रॉनिक पार्ट्स ,लत्ताकपडा, गाडीको पार्ट्स, हार्डवेयर, किराना आइटम ,इन्डियन धान कारोबारी लगायतका सामानहरु भारत बाट नेपाल तर्फ भित्र्याउने गरेको स्थानीयको आरोप छ ।

No description available.

इन्डियाबाट आएको समानहरु नेपालको बजार भिष्वा ,लंगडी, पोखरिया, महूवन, विरगंज, जितपुर सम्म पुग्ने गरेको छ ।बुढगाई र भिस्वा नाकाबाट भैंसी र राँगाको कारोंबार पनि खुब ठूलो मात्रामा चलिरहेको छ ।यो नाकाबाट जितपुर बजार सम्म पुग्ने गर्छ । भैंसी तस्कर सँग प्रति भैंसी १ हजार रुपैया र राँगाको प्रति राँगा ३ सय ५० रुपैया प्रहरीलाई दिने चलन रहेको छ ।

इन्स्पेक्टर बानियाँले तस्करको माल कटाउन स्कटिङ्ग समेत गर्ने गरेको बताइन्छ ।राती मात्र नभइ दिउँसो पनि तस्करीको लाइन सुचारू भएको एक जना स्थानियले बताएका छन ।इन्डियाबाट धानको पनि तस्करी भइरहेको छ । बानियाँ आएको देखि नै भैंसी काण्ड ,स्याउ काण्ड देखि कनडै काण्डमा परेको छवि बदनाम भएका इन्स्पेक्टर हुन ,के उनी सशस्त्र प्रहरी सँगठन भित्र एक मात्रा प्रहरी इन्स्पेक्टर हुन जसलाई प्रहरीको न कुनै नीतिनियम पालना र कुनै कानुन लाग्दैन । बानियाँ को हुन ? कार्वही किन भएन ? यसले सजिलै बुझ्न सकिन्छ । बानियाँको ठूला रजनीतीकदलका नेता सँग कनेक्सन र सशस्त्र प्रहरी सँगठन भित्र राम्रो पहुँच र आशिर्वाद प्राप्त भएको कारण कार्वाही हुन नसकेको सहजै बुझ्न सकिन्छ ।

भिस्वा र बुढगाई नाकाबाट तस्करीको विषय स्याउ काण्ड देखि ड्रम तस्करी हुँदै भिडियो समेत सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रा प्रकाश गौतम सम्म पुगी सके पनि कुनै किसिम को केही कार्वाही नगर्नाले के बुझिन्छ ।

No description available.

सशस्त्र प्रहरी बंजारी भिस्वा बीओपी अन्तर्गत बाट १०-१५ जनाको टोली असईको कमाण्ड मा जयमँगलापुर सडक कै किनारमा कुखुरा फार्म मा बस्छन तर त्यही बाटो तस्करी हुन्छ । भिस्वा तस्करीको विषय धेरै सँचारमाध्यममा उजागर भएपछि भिस्वा बंजारी बीओपीका सबै टोली चेन्ज गरियो तर इन्स्पेक्टर बानियाँ लाई किन चेन्ज भएन रु के इन्चार्जले रोकेमा जवानले तस्करी गराउन सक्छन रु के डिआईजी गौतम लाई यहाको तस्करीको विषय थाहा नभएको की देखेर पनि केही गर्न नसकेको रु भिस्वा र बुढगाई नाकामा तस्करी गर्ने तस्करबाट पर्साको सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काको नाउँमा समेत एसपिलाई पनि दिनुपर्छ भने धाक धम्की देखाई इन्स्पेक्टर बानियाले उनको नाममा उठाईरहेको एक जना व्यापारीले नाम नखोल्ने सर्तमा बताएका छन् ।

प्रदेश २ छिन्रमस्ता बहिनीका सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रा प्रकाश गौतमले प्रदेश २ भरीका सबै घुमुवा तानेर रीफ्रेश तालिम देखि कयौ अपीसर तथा बीओपी इन्चार्जहरुलाई कार्वाही र सिमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा चोरो तस्करी नियन्त्रण गर्ने प्रदेश २ का आठवटै जिल्ला सिसिटिभी क्यामरा जडान देखि को उपाय तस्करी रोक्न गरीरहेपनी तस्करी बानियाँ जस्ता इन्चार्जहरुको करण रोकिएको छैन । डीआईजी गौतमको सोचेको र गरेको चोरी तस्करी नियन्त्रण गर्ने उदेश्य असफल देखिएको छ ।

स्रोतका अनुसार प्रहरी निरीक्षक बानियाँको भारत र नेपालका नामुद तस्कर गिरोहसंग गहिरो साटघाट भइसकेकोले आर्थिक नजराना बुझी दिउसो केही कम भए पनि राती रातीमा दैनिक लाखौँको राजश्व छल्ने अवैध कारोबारलाई बढवा दिएका छन् । तस्करीको अवैध पैसाले आम्दानीको स्रोत बढेपछि बानियाँले नै माथिल्लो तहका प्रहरी अधिकारीहरूलाई समेत पैसा बुझाउने गरेकोले तस्करहरू उम्किने गरी भिस्वा नाकाबाट तस्करी गर्न छुट पाएका छन् । किन हुन्छ तस्करी खुलेयाम ?
वीरगंजको पश्चिमी भेगमा पर्ने भिस्वा पर्साको ग्रामीण भेगमा पर्ने दोस्रो ठुलो नाका हो ।

जुन भारतको प्रसिद्ध बजार सिक्टासंग जोडिएको छ । खुल्ला सिमाना र ग्रामीण भेगको फाइदा उठाउँदै त्यस क्षेत्रबाट व्यापक तस्करी हुने गरेकोले सीमा सुरक्षाका निम्ति खटिने सशस्त्र प्रहरीका इन्स्पेक्टर संजिव बानियाँलाई तस्करको मतियारको रूपमा राखिएको बुझिएको छ । जनताले आफ्नो खुन पसिनाले सिचेको रगतबाट कमाएको पैसाले तिरेको राजश्वबाट मुलुकको अर्थतन्त्र चले पनि प्रहरी सङ्गठनका उच्च अधिकारीहरुसंग सेटिङ्ग गरी भिस्वामा आएदेखि नै प्रहरी निरीक्षक संजिव बानियाँले तस्करीको ताण्डव मच्चाएको पटक पटक भिस्वाबाट भएको तस्करीको घटनाले पुष्टि भएको छ ।

स्रोतका अनुसार तस्करीको लाइन दिन बानियाँले उठाएको पैसा सशस्त्र प्रहरीका जिल्ला तथा प्रदेशका उच्च अधिकारीसम्म दिने गर्छन् । जसका कारण खुलेआम तस्करी गराईरहँदा पनि उनीमा कुनै किसिमको कारबाही भएको देखिदैन। न त तस्करी नै नियन्त्रण भएको देखिन्छ ।सशस्त्र प्रहरी बानियाँको सेट्टिंगमा तस्करी भइरहेको समाचार घरीघरी विभिन्न सँचारमाध्यमा तथा मध्यबिन्दु अनलाइनले पटक ( पटक समाचार प्रकाशित गर्दा समेत तस्करी नियन्त्रण या कुनै छानबिन भएको देखिंदैन । बानियाँको ठूलो पहुँच र पावर भएको पर्सामा व्यापारी तथा जनता देखि प्रशासनमा समेत उनको कुरो चल्न थालेको छ ।

मुलुकमा सिमानाका हुने गरेको तस्करी गतिविधि बन्द गराउने र देशको अर्थ बढाउने नाममा खटिने गरेको सशस्त्र प्रहरी संगठन भित्रै रहेका यस्ता भ्रष्ट प्रहरीले गर्दा सशस्त्र प्रहरीको संगठनकै नाम बदनाम हुने गरेको पाइन्छ । संगठनले दिएको निर्देशनलाई धज्जि उडाउदै पावरको गलत प्रयोग गरी आफ्नो वर्दीलाई कमाई खाने भाडो बनाएका छन । तसर्थ यस्ता भ्रष्ट प्रहरी अधिकारीलाई समयमै लगाम नलगाए आउने दिनमा देशको जनताले बोकेको सशस्त्र प्रहरीको माथिको विश्वास उठदै गएको देखिन्छ । यस्तो गतिविधि तर्फ माथिल्लो सम्बन्धित निकायहरुको ध्यान जान यति अवशयक देखिएको छ।

No description available.

यस्तै बुधबार फाल्गुन १९ गते भारत बिहार सिक्टाका एउटा व्यापारीले काम क्रीयको को भनेर सामान भिस्वामा किनीसकेको र पैसा दिन जादै बिल भ्याट देखेर रहेपनि ५० हजार इन्डियन आईसी रुपैया व्यापारीबाट सशस्त्र प्रहरीले खोसेको विषयलाई लिएर अस्थानियहरु भिस्वा बॉर्डर मा रहेको पोस्टलाई इन्चार्ज बानियाँ समेत डियुटीमा रहेको लाई भिस्वा र सिक्टा को जनताले घेराउ गरेर विरोध गरेपछि पैसा वापस दिएको थियो ।

No description available.

यस बिषयमा पर्साका सशस्त्र प्रहरीका एसपी राजेन्द्र खड्का सँग प्रतिक्रिया लिंदा पटक-पटक उहाँको नाम जोडिएर बाहिर आउनेगरेतापनी सवुत प्रमाणको अभावमा तुरुन्त कार्वाहि गर्न नसकिएको र कोहि कसैसँग प्रमाण भएमा उपलब्ध गराइ सहयोग गरिदिन समेत आग्रह गरे ।

छुटाउनु भयो कि ?