Madhyabindu News App
स्थानीय तह

हेलम्बु गाउँपालिकाद्वारा मेलम्ची खानेपानी आयोजनाको ध्यानाकर्षण

खानेपानी प्रभावित क्षेत्रका बासिन्दाहरुले गाउँ सामुदायिक समिति मार्फत प्राप्त गर्ने रकम गाउँपालिकामा उपलब्ध गराउन माग

Madhyabindu Online


A A- A+

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाले खानेपानी प्रभावित क्षेत्रका बासिन्दाहरुले गाउँ सामुदायिक समिति मार्फत प्राप्त गर्ने रकम गाउँपालिकामा उपलब्ध गराउनुपर्ने र गाउएपालिकाले गाउँ सामुदायिक समितिलाई उपलब्ध गराउने ब्यबस्था मिलाउन माग गरेको छ । शुक्रवार हेलम्बु गाउँपालिकाको नेतृत्वमा गाउँपालिकासहित हेलम्बु गाउँ सामुदायिक समितिको संयुक्त प्रतिनिधिमण्डलले मेलम्ची खानेपानी समितिका कर्मचारीहरुसँग मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न भई काठमाडौंमा पानी वितरण तयारी भइरहँदा प्रभावित तथा मुहान क्षेत्रको स्थानीय तहको नाम कतै पनि समावेश नभएको विषयमा हेलम्बु गाउँपालिकाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो ।

राष्ट्रिय गौरवको आयोजना सम्पन्न भई मेलम्चीको पानी काठमाडौंवासीको प्यास मेटाउनका लागि पठाउन पाउँदा खुशी लागे तापनि हेलम्बुको नाम कतै समावेश नुहुनुले दुःख लागेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए। गाउँपालिकाले शुक्रबार ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिमा आउने आधा बजेट हेलम्बु गाउँपालिकाको नवगठित हेलम्बु गाउँ सामुदायिक समितिमा दिन माग गर्दै मेलम्ची खानेपानी आयोजना प्रमुख तिरेश खत्रीलाई मागपत्र बुझाइएको अध्यक्ष शेर्पाले जानकारी दिए।

No description available.

ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिलाई आउने एकमुष्ठ रकमको आधा रकम सिधै हेलम्बु गाउँ सामुदायिक समितिलाई उपलब्ध गराउने व्यवस्था मिलाइदिन खानेपानी तथा सरसफाइ मन्त्रालयलाई आग्रह गरिएको नवगठित समितिका अध्यक्ष नोर्साङ लामाले जानकारी दिए ।

गत २३ गते गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको अध्यक्षतामा बसेको बैठकले ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान सञ्चालन समितिद्वारा सञ्चालित कार्यक्रमहरु हेलम्बुमा सञ्चालन गर्न विभिन्न विरोध तथा अवरोध आइरहेकाले अन्य स्थानीय तह इन्द्रावती गाउँपालिका, पाँचपोखरी थाङ्पाल गाउँपालिका लगायतका पालिकाको जस्तै हेलम्बुमा पनि छुट्टै समिति बनाई आउने बजेटबाट आधा माग गरिएको हो ।

मागपत्र बुझ्दै आयोजना प्रमुख खत्रीले माग सकारात्मक भएकाले आफूले यसका लागि पहल गर्ने आश्वासन दिएका छन् । मागपत्रमा खोलामा बग्ने पानीको किटान गरेर मात्र पानी लैजान र पानीबाट सञ्चालित व्यवसाय, घट्ट कुलो आदिको विषयमा ध्यान दिन पनि आग्रह गरिएको हेलम्बु गाउँपालिकाले जनाएको छ । जवाफमा खत्रीले छिट्टै आयोजना प्रभावित स्थलमा प्राविधिक टोली पठाउने वचन दिएको गाउँपालिकाका अध्यक्ष शेर्पाले जानकारी दिए ।

मेलम्चि खानेपानीद्वारा वितरित योजनाहरुको सम्झौता गर्न हाल मेलम्चि आउनुपर्ने झन्झटिलो ब्यबस्था हटाइ सिधै गाउँपालिकामा सम्झौतागर्ने प्रवन्ध मिलाउनुपर्ने प्राविधिकको व्यबस्थापन गाउँपालिकालेनै गर्ने तथा आयोजनाको वोर्डमा मुहानक्षेत्र हेलम्बुको प्रतिनिधी हुनुपर्ने लगायतका मागहरु राखिएको अध्यक्ष शेर्पाले बताए । गनका अनुसार शुक्रबारको वार्ता सकारात्मक दिशामा अघिबढेको छ ।

No description available.

साथै खानेपानी विकास समितिबाट आउने विभिन्न कार्यक्रमहरु योजना सम्झौता गर्न झन्झट भएको हुँदा अब यस्ता योजनाहरु गाउँपालिकालाई दिने र प्राविधिक टोलिपनि गाउँपालिकाले खटाउनेगरि योजना बनाउन पनि गाउँपालिकाले खानेपानि विकास समितिलाई आग्रह गरेको छ । यस्ले गर्दा काठमाडौसम्म सम्झौता गर्नजाने झन्झट हट्ने र सेवाग्राहि हरुमा सहजता हुने गाउँपालिकाले विश्वास लिएको छ ।

छुटाउनु भयो कि ?