Madhyabindu News App
अन्तर्राष्ट्रिय

जर्ज फ्लोयडको परिवारलाई २ करोड ७० लाख क्षतिपूर्ति

Madhyabindu Online


A A- A+

काठमाडाैं –  अमेरिकामा प्रहरीले घाँटीमा घुँडाले थिचेपछि मृत्यु भएका जर्ज फ्लोयडको परिवारलाई सरकारले २ करोड ७० लाख डलर क्षतिपूर्ति दिने भएको छ ।

अफ्रिकी मुलका अमेरिकी फ्लोयडको परिवार र मिनियापोलिस शहरको प्रशासनबीच सो क्षतिपूर्तिमा सहमति भएको हो । उनको हत्याको भिडियो सार्वजनिक भएपछि संलग्न प्रहरीमाथि हत्या अभियोगमा मुद्दा अदालतमा विचाराधिन छ ।

सो रकम हालसम्म सरकारले राज्यबाट भएको हत्यामा दिएको सबैभन्दा ठूलो क्षतिपूर्ति हो । २० डलरको सामानमा ठगी गरेको आरोपमा फ्लोयडलाई प्रहरीले नियन्त्रणको प्रयासका क्रममा मृत्यु भएको हो ।

प्रहरीले अपराधीलाई नियन्त्रणमा लिने क्रममा अपनाउनुपर्ने सुरक्षाका उपायको परीक्षणमा कमजोरी देखिएको भन्दै सो क्षतिपूर्ति तिर्नुपरेको हो ।

छुटाउनु भयो कि ?