Madhyabindu News App
अन्तर्राष्ट्रिय

अमेरिकाको कोलोराडोमा भारी हिमपात, आपतकालको घोषणा, हवाई उडान बन्द

Madhyabindu Online


A A- A+

एजेन्सी – संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनबर लगायत अन्य राज्यहरुमा भएको भारी हिमपातका कारण २ हजार हवाई उडानहरु रद्द भएका छन् ।

हवाई सेवा अवरुद्ध भएका कारण सयौं यात्रु विमानस्थलमा नै बस्न बाध्य भएका छन् । डेनवरमा १८ देखि २४ इन्जसम्मको हिउँ जमेपछी त्यहाँ आपतकाल घोषणा गरिएको छ ।

कोलोराडो पारवहन बिभागले एक सूचना जारी गरी अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई अपील गरिएको छ । यातायातका साधन सञ्चालन अवरुद्ध भएका कारण कोलोराडोका विद्यालय, कलेजहरु बन्द गरिएका छन् ।

गत फेब्रुअरीमा अमेरिकाको टेक्सासमा भारी हिमपात हुँदा २१ जनाको मृत्यु भएको थियो भने त्यसको प्रभाव २५ दिनसम्म परेको थियो ।

छुटाउनु भयो कि ?