Madhyabindu News App
अन्तर्राष्ट्रिय

लैंगिक हिंसा विरुद्ध अस्ट्रेलियाका महिला सडकमा

Madhyabindu Online


A A- A+

काठमाडौं – लैंगिक हिंसा अन्त्यको माग गर्दै अस्ट्रेलियामा हजारौं महिलाले प्रदर्शन गरेका छन् । अस्ट्रेलियाका सबै मुख्य र दुर्गम शहरका साथै राजधानी क्यानबेरामा आयोजना गरिएको प्रदर्शनमा सहभागीहरुले महिलामाथि हुने शारीरिक हिंसाका विरुद्धमा स्वतन्त्र छानबिन हुनुपर्ने माग समेत गरेका छन् ।

‘मार्च फर जस्टिस’ नामक संस्थाको अगुवाईमा भएको प्रदर्शनमा १ लाख बढी महिला, पुरुष तथा बालबालिकाको सहभागिता रहेको स्थानीय जनाएको छ । करीब एक महिनाअघि संसद भवनस्थित रक्षामन्त्री लिण्डा रेनल्डसको कार्यालयका पूर्व कर्मचारी ब्रिटनी हिगन्सले सहकर्मीद्वारा बलात्कृत हुनुपरेको आरोप लगाएपछि यो मुद्दा बाहिर आएको हो ।

लगत्तै महान्यायाधिवक्ता क्रिस्टियन पोर्टरले करीब ३३ वर्षअघि एक महिलालाई बलात्कार गरेको आरोप लागेपछि यो समस्या अझ चर्किएको हो ।

पोर्टरमाथि लागेको आरोपका सम्बन्धमा स्वतन्त्र छानबिन हुनुपर्ने माग उठेपनि अहिलेसम्म यस बारेमा कुनै आधिकारिक निर्णय गरिएको छैन । आज देशैभरि आयोजित प्रदर्शनमा सहभागी महिलाले सो मुद्दाको विषयमा स्वतन्त्र छानबिन हुनुपर्ने माग गरेका छन् ।

छुटाउनु भयो कि ?