Madhyabindu News App
अन्तर्राष्ट्रिय

पुटिनले अमेरिकाको राष्ट्रपतिय निर्वाचनमा ट्रम्पलाई सहयोग गरेको खुलासा

Madhyabindu Online


A A- A+

काठमाडौं – रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले औपचारिक रुपमै सन् २०२० मा भएको अमेरिकाको राष्ट्रपतिय निर्वाचनमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सहयोग गरेको गुप्तचर निकायले सार्वजनिक गरेको छ ।

अमेरिकी गुप्तचर निकायले जारी गरेको प्रतिवेदन अनुसार मस्कोको सहयोगमा भ्रामक समाचार फैलाइएको थियो । कुनै पनि अन्य मुलुकले अमेरिकी गुप्तचर निकायको दाबीलाई पुष्टि नगरेको बीबीसीले उल्लेख गरेको छ ।

१५ पृष्ठ लामो जारी प्रतिवेदनमा रुस सहित इरानले समेत प्रभावित पार्ने कार्यक्रम सञ्चालन गरेको दाबी गरिएको छ । अमेरिकाको राष्ट्रिय गुप्तचर कार्यालयका निर्देशकले जारी गरेको प्रतिवेदनमा रुसले राष्ट्रपतिका उम्मेदवार जो बाइडनका बारेमा प्रमाणबिनाका हल्ला फिजाएको उल्लेख गरिएको छ ।

निर्वाचन प्रक्रिया बारे अविश्वास पैदा गर्ने, बाइडन विरोधी तथा ट्रम्प पक्षमा समाचार प्रकाशन गरिएको थियो । इरानले भने ट्रम्पको विपक्षमा प्रभावमा पार्ने कार्यक्रम सञ्चालन गरेको गुप्तचर निकायको ठहर छ । ट्रम्पले इरान माथि लगाएका प्रतिबन्धका कारण बाइडन निर्वाचित भए केही सहज हुने आशा तेहरानको थियो ।

छुटाउनु भयो कि ?