एमालेका नेताहरुकाे कार्यविभाजन, नेपाल पक्षको जिम्मेवारी खोसियो (सूचीसहित)
सम्झौता विपरीत इरानद्वारा युरेनियम समृद्धिको काम सुरु
काठमाडाैं – इरानले आफ्नो भूमिगत नातान्ज भट्टीमा अत्याधुनिक प्रविधिको मेसिन प्रयोग गरी युरेनियम समृद्धिको काम थालेको छ ।
शक्ति राष्ट्रहरुसँग भएको सम्झौता पुन: उल्लंघन गर्दै इरानले युरेनियम सम्बद्र्धनको काम थालेको संयुक्त राष्ट्रसंघको आणविक ऊर्जा एजेन्सीले जनाएको छ ।
इरानले पछिल्लो समय अमेरिकामाथि दबाब बढाउने उद्देश्यले आफ्नो आणविक कार्यक्रम बढाउँदै गएको छ ।
अमेरिकाले सम्झौताबाट हात झिकेपछि तहरानले सन् २०१९ मा पहिलो पटक सम्झौता उल्लंघन गरेको थियो । सो सम्झौतालाई बचाउन अब कसले पहिलो कदम चाल्ने भन्नेमा वासिङ्टन र तेहरान अन्यौलमा छन् ।