Madhyabindu News App
शिक्षा

रिलायन्सले आयोजना गर्यो (RECOMUN)

Madhyabindu Online


A A- A+

काठमाडौं – काठमाडौंको चाबहिल सरस्वतीनगरमा रहेको रिलायन्स कलेजका विद्यार्थीहरुले RELIANCE COLLAGE MODEL UNITED NATION (RECOMUN)को आयोजना गरेका छन् ।विद्यार्थिहरुको नेतृत्व विकास एवं पारस्परिक सद्भाव तथा विश्वभाइचारा सम्बन्ध विकास गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको रिलायन्स एजुकेसन नेटवर्कका कार्यकारी अध्यक्ष तथा रिलायन्स कलेजका प्रीन्सिपल रबिन्द्र जंग थापाले जानकारी दिए ।

रिलायन्स कलेज स्तरमा पहिलोपटक आयोजना गरिएको उक्त कार्यक्रमको नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री माननीय डा.मिनेन्द्र रिजालले एक भव्य समारोहकाबिच उद्घाटन गरेका हुन । उक्त कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि डा.रिजालले अबको युग विज्ञान प्रविधिको युग भएकोले आफुलाई समय सापेक्ष बनाउनेतर्फ ध्यान दिन सबै विद्यार्थीहरुलाई आग्रह गरे । ” भोलिको परिवर्तित समुन्नत समाजको जिम्मेवारी युवाको काँधमा रहेकोले बेलैमा सचेत रहेर अघि बढ्न सबै विद्यार्थी भाइ बहिनीलाई आग्रह गर्दछु ।” उनको भनाइ थियो ।

संयुक्तराष्ट्रसंघले सन २०३० सम्म प्राप्ति गर्नेगरी निर्धारण गरेको लक्ष्यहरु र तिनको दिगो बिकासका निम्ति विद्यालय, कलेज र विश्व विद्यालय तह देखिनै चेतना विस्तार गर्ने तथा जिम्मेवार र जवाफदेही जनशक्ति उत्पादन गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरु गर्दै आएको छ । सोही अनुरुप गरिएको यश सम्मेलनको उद्देश पनि सोही मुताविक रहेको कलेजका सहायक प्राचार्य नन्दुप्रसाद कुशवाहाले बताए ।

शुक्रवार एक भव्य समारोहकाबिच उद्घाटन भएको यो कार्यक्रम विभिन्न आठवटा समुहका समुहगत छलफल, प्रतिवेदन निर्माण तथा प्रस्तुतिकरण लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथ यही चैत ६,७,र ८ गतेसम्म चल्ने कलेजका अतिरिक्त क्रियाकलाप संयोजक गोबिन्द ढकालले जानकारी दिए ।

कार्यक्रममा मिस नेपाल २०१५ कि इभाना श्रेष्ठ, यु.एन. प्रतिनिधि रामबाबु शाह, नेबिसंघ महामन्त्री मनोज वैद्य लगायत अतिथिको आतिथ्यता रहेको थियोे भने कार्यक्रमको सभापतित्व रिलायन्स नेटवर्कका कार्यकारी अध्यक्ष एवं प्रीन्सिपल रबिन्द्रजंग थापाले गरेका थिए ।

छुटाउनु भयो कि ?