Madhyabindu News App
अन्तर्राष्ट्रिय

बाढीका कारण अष्ट्रेलियाको न्यू साउथ वेल्समा जनजीवन प्रभावित

Madhyabindu Online


A A- A+

एजेन्सी – अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा भारी वर्षापछि आएको बाढीका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ । जोखिम बढ्न सक्ने भन्दै सो क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा गएर बस्न स्थानीय प्रशासनले निर्देशन समेत दिएको बीबीसीले उल्लेख गरेको छ ।

शहरको तल्लो भागमा बस्ने सबैलाई स्थानान्तरण गर्न प्रशासनले आग्रह गरेको छ । सिड्नीस्थित मुख्य जलस्रोत वरगम्बा बाँध समेत ओभरफ्लो भएपछि थप जोखिम बढेको छ ।

न्यू साउथ वेल्सका प्रिमियर ग्लेडिस बेरेजेक्लियनले मध्य तटीय क्षेत्रमा सय वर्षको घटना मध्ये एउटा अनुभव गरेको उल्लेख गरेका छन् ।

सो क्षेत्रबाट बाढीमा फसिरहेका दर्जन बढी व्यक्तिको उद्धार गरिएको अधिकारीहरुले बताएका छन् । सिड्नीका मुख्य सडकहरु बाढीका कारण बन्द छन् ।

बाढी प्रभावित क्षेत्रबाट हजारौंको उद्धार गर्नुपर्ने अवस्था आउन सक्ने समेत प्रिमियर बेरेजेक्लियनले बताउनु भएको छ । राज्य आपतकालका अधिकारीहरुले बाढी प्रभावित क्षेत्रका विद्यालय बन्द गरिएको समेत जनाएका छन् ।

छुटाउनु भयो कि ?