एमालेका नेताहरुकाे कार्यविभाजन, नेपाल पक्षको जिम्मेवारी खोसियो (सूचीसहित)
बेलायतमा एकैदिन ७ लाख बढीलाई कोरोना विरुद्धको खोप
एजेन्सी – बेलायतमा एकै दिन ७ लाख बढी नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप दिइएको छ । हालसम्मकै उच्च संख्यामा खोप लगाइएको बेलायतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बेलायतमा एकै दिन ७ लाख ११ हजार १ सय ५६ जनालाई खोप लगाइएको हो । हालसम्म २ करोड ६८ लाख ५३ हजार ४ सय ७ जनाले पहिलो डोजको खोप लगाएको बीबीसीले उल्लेख गरेको छ । बेलायतका प्रधानमन्त्री बोरीस जोनसनले समेत पहिलो डोजको खोप लगाएका हुन् ।
२१ लाख ३२ हजार ५ सय ५१ जनाले दोस्रो डोजको खोप लगाएको बीबीसीले जनाएको छ । खोप लगाउन तीव्र पारेको बेलायतमा युरोपका अन्य मुलुक भन्दा फरक संक्रमण दर केही नियन्त्रणमा आइरहेको छ । त्यहाँ पछिल्लो २८ दिनमा ५ हजार ५ सय ८७ जनामा संक्रमण देखीएको छ भने ९६ जनाको मृत्यु भएको छ ।