Madhyabindu News App
प्रदेश १

नेपाल समूहले अविश्वासको प्रस्ताव फिर्ता लिने भएपछी मुख्यमन्त्री राईको पद जोगियो

Madhyabindu Online


A A- A+

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद जोगिने भएको छ । नेकपा एमालेको माधवकुमार नेपाल पक्ष मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन सहमत भएपछी मुख्यमन्त्री राईको पद जोगिने भएको हो ।

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुलाई एक हप्ताभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिइएको छ । २३ गतेको सर्वोच्च अदालतको फैसलापछि बसेको पहिलो संसदीय दलको बैठकले यस्तो निर्देशन दिएको हो । ‘अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नुहुने एमालेका सांसदलाई एक साताभित्र हस्ताक्षर फिर्ता लिन दलको बैठकले निर्देशन दिएको छ’, मुख्यमन्त्री राईले भनेका छन् ।

अविश्वासको प्रस्ताव फिर्ता लिने जानकारी गराउन आफ्नो पक्षका दुई जना सांसद बैठकमा सहभागी भएको नेपाल पक्षका नेता राजेन्द्र राईले जानकारी दिए । ‘अहिलेलाई अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय भएको छ,’ उनले भने ।

एमाले संसदीय दलको बुधबार बसेको बैठकमा नेपाल समूहका प्रदेशसभा सदस्यहरु पनि सहभागी भएका थिए ।

छुटाउनु भयो कि ?