Madhyabindu News App
विचार-ब्लग

~~कोरोनाकालिन एक वर्षे डायरी~~

Madhyabindu Online


A A- A+

मोहन बहादुर बस्नेत

विगत लामो समय देखि सामाजिक, राजनीतिक, शैक्षिक लगायतका विभिन्न कार्यमा आफ्नो व्यस्त दिनचर्या चल्दै थियो । यसै क्रममा आज भन्दा ठिक एक वर्ष आगाडी बाट विश्व समुदाय कोरोना नामक भाईरसबाट आक्रान्त बनिरहेको छ र नेपाल पनि यो भाईरसबाट टाढा रहन सकिरहेको छैन ।

आज भन्दा ठिक एकवर्ष अगाडी नेपालमा लकडाउन सुरु भयो त्यस पश्चात् म र मेरो नेतृत्वमा रहेको नेपाली काङ्ग्रेस आवद्ध जुझारु साथीहरूको टिम लकडाउनको भोलिपल्ट बाटै आफ्नो ज्यानको बाजि थापेर सरकारी पक्षले हामीलाई रोक्न र छेक्न खोज्दा खोज्दै समाजसेवाका खातिर सिन्धुपाल्चोक जिल्लाभरका अस्पताल, प्राथमिक स्वास्थ केन्द्र, स्वास्थ चौकि, उपस्वास्थ्य चौकी, प्राइभेट हस्पिटल, सिमा प्रहरि चौकी, सिमा प्रहरी चेक पोस्ट, सिमा हेल्प डेस्क लगायत सरकारी कार्यलयहरु र सिन्धुपाल्चोकका विभिन्न नगरपालिका र गाउपालिका हरुमा आईसीयु बेड, आइसोलेसन बेड, पिपिइ सेट, थर्मल गन, मास्क, सेनिटाइजर, ग्लोभ्स, क्याप, पारासिटामोल, ज्याला मजदुर गरेर पेट पाल्ने हरुका लागि चामल दाल नुन तेल तथा अन्य खाध्यन्न लगायत जनतालाई माहामारिको घडिमा अन्य आवश्यक सामग्री वितरण गर्ने अभियानको सुरुवात गर्‍यौं।

नेपालमा कोरोनाबाट पहिलो पटक सिन्धुपाल्चोक जिल्ला निवासी सावित्री तिमल्सिना चालिसेको मृत्यु भयो तर वहाँको नवजात शिशु जिवितै रहेको अवस्थामा हामीले पोषणयुक्त आहारको लागि बेलायतमा रहेका नेपाली बहिनीहरुको सहयोगमा रु. ५०,०००/- सहित रु. १,००,०००/- बन्दोबस्त गरि नवजात शिशुको परिवारलाई म स्वयं धुलिखेल अस्पताल पुगि हस्तान्तरण गर्‍यौं । साथै, उक्त शिशुको उच्च शिक्षा सम्मको पठनपाठनको जिम्मेवारी हामीले लिएका छौं ।

कोरोनाको महामारी संगै सिन्धुपाल्चोक जिल्लाका विभिन्न भुभागमा बाढि पहिरोको प्रभाव उच्च रह्यो । बाढि पहिरोबाट घरबार विहिन भएकाहरुको घाउमा मलम पट्टी लगाउन हाम्रा साथीहरुले व्यक्तिगत रुपमा सहयोग गर्नुको साथै विभिन्न संघ संस्थाहरुको सहयोगमा नगद, खाद्यान्न, लत्ताकपडा लगायत अत्यावश्यक सामाग्री वितरण गर्‍यौं । पहिरो पीडित नेपाली काङ्ग्रेसले चुनाव जितेको सुनकोसी गाउँपालिका ६ का केही घरहरु बनाईदिने घोषणा गरेका थियौं सो बमोजिम शिलान्यास सम्पन्न भई निर्माण कार्य भईरहेको छ भने अन्य केही क्षेत्रमा हामीले बनाईदिने घोषणा गरे पश्चात् प्रदेश सरकारले बनाईदिने घोषणा गर्‍यो तर आज सम्म पीडितहरुको घर बन्ने प्रक्रिया सुरु भएको छैन ।

सिन्धुपाल्चोक लगायत अन्य केही जिल्लामा विभिन्न प्रकृतिक प्रकोपमा परेका पिडितहरुलाई नगद सहित अन्य विभिन्न सहयोग संगै वेसाहारा तथा गरिब बालबालिकाहरु शिक्षाको न्यानो घामबाट बन्चित हुन नपरोस् भन्ने उद्देश्यले त्यस्ता केही बालबालिकाहरुको बस्ने खाने व्यवस्था सहित पठनपाठनको व्यवस्था गर्‍यौं ।

कोरोनाको महामारी लगायत अन्य विभिन्न प्राकृतिक प्रकोपले गर्दा देशमा भईरहेको रगत अभावलाई मध्यनजर गरि नेपाली काङ्ग्रेस केन्द्रिय खेलकुद विभागको आयोजनामा देशभर बृहत् रक्तदान कार्यक्रम चलाईरहेका छौं ।

कोरोनाको महमारीमा फ्रन्टलाईनमा खट्ने सिन्धुपाल्चोक जिल्लाभरका स्वास्थकर्मीहरुको बिमाको व्यवस्था गर्नुको साथै सुरक्षाकर्मी हरुको समेत बिमा गरिदिने प्रस्ताव राख्दा सम्बन्धित निकायले आफ्ना कर्मचारीहरुको विवरण उपलब्ध नगराएको पाईयो ।

फ्रन्टलाईनमा खटेर काम गर्ने केही पत्रकार मित्रहरुलाई पिपिई सेट मास्क सेनिटाईजत ग्लोब्स लगायत स्वास्थ सामाग्री वितरण संगै भरखर मात्र कोरोनाको समयको सहि सुचना प्रवाह गर्ने केहि पत्रकार मित्रहरु र केहि सामाजिक संन्जाल प्रयोगकर्ता साथिहरु गरेर जम्मा १६० जनालाई नगद सहित सम्मान गर्‍यौं ।

देशका विभिन्न जिल्लाहरूमा स्वास्थ सामाग्री लगायत KN95 मास्क हस्तान्तरण गर्‍यौं।

अन्तमा: यतिमात्र नभई हामी सामाजिक तथा राजनीतिक क्षेत्रमा लागेको कारणले देश र जनतालाई आवश्यक परेको खण्डमा सम्भव भए सम्म जुनसुकै बेला सहयोगका खातिर उभिने बाचा व्यक्त गर्दै हाम्रो यी र यस्ता अभियानहरु निरन्तर जारी रहिरहने छन्। साथै, हालसम्म सहयोग गर्नुहुने सम्पुर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा सदा झै सहयोगको अपेक्षा राख्दछु ।

(नेपाली कांग्रेसका केन्द्रिय सदस्य बस्नेत कांग्रेसको केन्द्रिय खेलकुद विभाग प्रमुख हुन् ।)

छुटाउनु भयो कि ?