एमालेका नेताहरुकाे कार्यविभाजन, नेपाल पक्षको जिम्मेवारी खोसियो (सूचीसहित)
२० वर्षपछि शिव श्रेष्ठ र गौरी मल्ल एउटै फिल्ममा
काठमाडौं – २० वर्षअघि धर्मसंकट चलचित्रमासँगै काम गरेका शिव श्रेष्ठ र गौरी मल्ल फेरि एउटै चलचित्रमा देखिने भएका छन्। शोभित बस्नेत निर्देशित नयाँ चलचित्र डाँडाको बर पिपलमा सहकार्य गर्न लागेका हुन्।
कुनै समयमा नेपाली फिल्मक्षेत्रमा बहुचर्चित यो जोडी चलचित्र डाँडाको बर पिपलमा श्रीमान–श्रीमतीको भूमिकामा हुनेछन्।
पछिल्लो समय कोरोना भाइरसका कारण थिलथिलो बनेको फिल्मक्षेत्रले केहि गतिलिन सुरुगरे सँगै निर्माण हुन लागेको यो चलचित्रले दर्शकको मन कति जित्छ त्यो भने हेर्नै बाँकी छ ।
पारिवारिक कथामा निर्माण हुन लागेको यो चलचित्रमा सलोन बस्नेत, राजीवजंग बस्नेत र यशराज गराचले अभियन गर्दैछन्।