
गीतकार राखी गौचनको शब्दमा ‘हे मन’ सार्वजनिक (भिडियो)
काठमाडौं – कवियत्री एवम् गीतकार राखी गौचनको मार्मिक शब्दमा रहेको ‘हे मन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
हृदयस्पर्शी यस गीतमा स्वरमा गायक शंकर थापा स्माइलुको रहेको छ । गायक थापाले नै संगीतवद्द गरेको यस गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ ।
पत्नी गुमाएको एक पुरुषको विक्षिप्त अवस्थालाई मार्मिक ढङ्गमा प्रस्तुत गरिएको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ, सिर्जना जीसी र प्रनिमा दाहाल फिचर्ड छन्। भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् ।
भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ । डश म्युजिक नेपालको च्यानल मार्फत सार्वजनिक गरिएको यस भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो ।