Madhyabindu News App
मनोरञ्जन

कल्पना दाहाल र प्रदिप रोक्का दोहोरी च्याम्पियनको दोस्रो राउण्डमा (भिडियो सहित)

Madhyabindu Online


A A- A+

काठमाडौं – कल्पना दाहाल र प्रदिप रोक्काले दोहोरी च्याम्पियनको पहिलो दोहोरी जितेका छन् । बिक्रम बाबु विश्वकर्मा र लक्ष्मी बस्नेतलाइ हराउदै दाहाल र रोक्काले पहिलो दोहोरी जितेका हुन् ।

दोहोरी च्याम्पियनमा देशभरबाट प्रतिष्पर्धी आएका छन् । ४ जना निर्णायक र २ कार्यक्रम प्रस्तोता रहेको एक मात्र मौलिक रियालिटी सो दोहोरी च्याम्पियनले अझ दर्शकको मन जित्ने कार्यक्रम प्रस्तोता तथा लोकप्रिय गायक बद्री पंगेनीले जानकारी दिएका छन् ।

यो पटक अथिति निर्णायकको रुपमा लोकप्रिय गायक राजु परियार र टिका पुन रहेका थिए । उनका अनुसार दोहोरी प्रतियोगिताको पहिलो भाग बिबादित बनेपनि आगामी भागहरुमा सुधार गरेर आएको बताएका छन भने सबैको जिज्ञासालाई मेटाउने गरि कार्यक्रम अझै सभ्य र भब्य बनाउने उनको जानकारी छ । कार्यक्रममा मिर्मि मुनि र कालीपारे दाइ गरि दुइओटा गीतमा दोहोरी खेलेका थिए ।

प्रदिप र कल्पनाको पक्षमा ६ सय १२ दशमलब ५ मत प्राप्त भएको थियो भने बिक्रम बाबु विश्वकर्मा र लक्ष्मी बस्नेतको पक्षमा ६ सय ७ मत प्राप्त भएको थियो।कार्यक्रम नेपाल टेलिभिजन मार्फत प्रशारण हुन्छ ।

छुटाउनु भयो कि ?