एमालेका नेताहरुकाे कार्यविभाजन, नेपाल पक्षको जिम्मेवारी खोसियो (सूचीसहित)
ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोद्वारा मन्त्रिपरिषद्मा हेरफेर
काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को संकट बढेसंगै व्यापक दबाब खेपिरहेका ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले मन्त्रिपरिषद्मा हेरफेर गरेका छन् ।
कोभिड–१९ को महामारीसँग जुझ्न असफल भएको भन्दै व्यापक आलोचना खेपेका राष्ट्रपति बोल्सोनारोले ६ जना मन्त्री हेरफेर गरेका हुन् ।
उनले विदेशमन्त्री, रक्षामन्त्री, कानुनमन्त्री लगायत परिवर्तन गरेका हुन् । बोल्सोनारो नेतृत्वको सरकार विरुद्ध कोरोना महामारीलाई गलत ढंगले व्यवस्थापन गर्न खोजेको आरोप लाग्ने गरेको छ ।
पछिल्लो समय ब्राजिलमा कोरोना संक्रमणदर पुन: तीब्र गतिमा बढिरहेको छ । त्यहाँ संक्रमणका कारण हालसम्म ३ लाख १२ हजार बढीले ज्यान गुमाइसकेका छन् ।
२४ घण्टाको अवधिमा मात्र १ हजार ६ सय ६० ले ज्यान गुमाउँदा ३९ हजार नयाँ संक्रमति थपिएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्दृत गर्दै अलजजिराले उल्लेख गरेको छ । विशेषगरी युवा समूहलाई कोरोनाले बढी प्रभाव पारेको छ ।