Madhyabindu News App
खेलकुद

नुवाकोटको शिवपुरी गाउँपालिकामा अन्तरपालिका अध्यक्षकप फुटबल प्रतियोगिता शुरु

उद्घाटन खेलमा आयोजक टिम शिवपुरी गाउँपालिका विजयी

Madhyabindu Online


A A- A+

नुवाकोट – नुवाकोटको पूर्वीभेगमा अवस्थित शिवपुरी गाउँपालिकाले जिल्लामै पहिलो पटक अन्तरपालिका स्तरिय अध्यक्षकप फुटबल प्रतियोगिता आयोजना गरेको छ ।गाउँपालिकाले आफ्नै महत्वकांक्षी योजना अन्तर्गत निर्माण गरेको वडा नं ७ स्थित ‘शिवपुरी रंगशाला’मा फुटबल खेल आयोजना गरेको हो ।

नुवाकोटका १२ वटै स्थानीय तहले भाग लिएको उक्त खेलको बुधबार एक कार्यक्रमकाबिच नेपालि कांग्रेसका नेता एवं पुर्व अर्थमन्त्री डा. रामशरण महतले उद्घाटन गरेका हुन् ।

गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाको सभापतित्वमा भएको उद्घाटन समारोहमा नेपाली कांग्रेस नुवाकोटका सभापती जगदिश्वर नरसिंह केसी, पुर्व सांसद राजेन्द्र लोहनी, जिपी फाउण्डेशन नुवाकोटका अध्यक्ष रमेश पाठक, कांग्रेस महासमिति सदस्य रमेश महत लगायत बिभिन्न राजनैतिकदलका नेता कार्यकर्ता, नुवाकोटका १२ वटै स्थानीय तहका जनप्रतिनिधी, कर्मचारी, शिक्षक, विद्यार्थी लगायत आम जनसमुदायको बाक्लो उपस्थिती रहेको तादी गाउँपालिका अध्यक्ष नारायण पाण्डेले जानकारी दिए ।

उक्त खेल कार्यक्रम सम्पन्न गर्नकालागी बिभिन्न व्यक्ति तथा संघ संस्था उद्योगी ब्यापारीहरुको आर्थिक सहयोग गरेको आयोजकले जनाएको छ । यसैक्रममा जिपी फाउण्डेशन नुवाकोटका अध्यक्ष रमेश पाठकले खेलाडीका लागी सत्तरी हजार बराबरको पोशाक लगायतका खेलकुद सामाग्री सहयोग गरेको आयोजकले जानकारी दिए ।

प्रथम अन्तरपालिकास्तरीय शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शहिद स्मृति रंगशालामा सम्पन्न उद्घाटन खेलमा आयोजक टिम शिवपुरी गाउँपालिका विजयी भएको छ ।

घरेलु टोली शिवपुरीले दुप्चेश्वर गाउँपालिकालाई ४-० गोल अन्तले पराजित गर्दै सुखद शुरुवात गरेको छ । पहिलो हाफमा शिवपुरीका मोहन गुरुङले १ गोल गरेका थिए । दोस्रो हाफमा शिवपुरीका अनिस जिसिले अर्को गोल गरे। तेस्रो गोल कुन्जन खड्काले गरे भने चौँथो छितिजजंग रुम्वाले गरेका थिए। समुह ‘ए’ मा रहेको शिवपुरीले आजको जितसँगै ३ अंक हात पारेको छ ।

लिगकम नकआउट आधारमा भएको प्रतियोगितामा विजेता टोलीले नगद ६ लाख र ट्रफी पाउनेछन् भने दोस्रो र तेस्रो हुनेले ट्रफीका साथमा नगद क्रमश ४ लाख र २ लाख पाउनेछन् । १२ टोली सहभागि भएको प्रतियोगिता आगामी २५ गतेसम्म संचालन हुने छ । प्रतियोगिता अन्तरगत बिहिवार तीन खेल हुनेछन् ।

पहिलो खेलमा विदुर नगरपालिकाले किस्पाङ गाउँपालिकाको सामाना गर्नेछ भने दोस्रो खेलमा बेलकोटगढी नगरपालिकाले सलखु गाउँपालिकासँग प्रतिष्पर्धा गर्नेछ । यस्तै तेस्रो खेलमा ककनी गाउँपालिकाले सुर्यगढी गाउँपालिकासँग भिड्ने छ ।

आजको खेलमा म्यान अफ दि म्याच शिवपुरीका मोहन गुरुङलाई घोषणा गरि २००० नगद प्रदान गरिएको छ ।

 

छुटाउनु भयो कि ?