Madhyabindu News App
समाज

हात्तीको आक्रमणबाट कैलालीमा एकको मृत्यु

Madhyabindu Online


A A- A+

कैलाली – हात्तीको आक्रमणबाट कैलालीको जानकी गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न जाने क्रममा हात्तीको आक्रमणबाट जानकी गाउँपालिका–६ का ६० वर्षीय मन्सराम डगौराको मृत्यु भएको हो ।

प्रहरी निरीक्षक अरुण बमले शुक्रबार तरकारीका लागि निउरोको साग टिप्न गएका चौधरीको हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी दिए । चौधरीको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

पछिल्लो समय वन जंगलभित्र र आसपासका क्षेत्रमा जंगली जनावरले मानिसलाई आक्रमण गर्ने क्रम बढेको छ ।

छुटाउनु भयो कि ?