Madhyabindu News App
मनोरञ्जन

निशाको ‘ओ प्रिया’मा आकाश र पुजाले गरे रोमान्स

Madhyabindu Online


A A- A+

काठमाडौँ – गायिका निशा कंडेलले आफ्नो नयाँ गीत ‘तस्बिर २-ओ १ प्रिया’ को म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । रोमाण्टिक भर्सनको यस गीतमा उनलाई युवा गायक अमन प्रधानले स्वरमा साथ दिएका छन् ।

‘तस्बिर’ बोलको निरन्तरता रहेको यस गीतलाई तस्बिरकै गीतकार विष्णुबाबु देवकोटाले लेखेका हुन् । टीका दाहालले संगीतवद्द गरेको यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा दर्शक स्रोता माझ लोकप्रिय कलाकार आकाश श्रेष्ठ र पुजा शर्माको जोडीलाई प्रस्तुत गरिएको छ । यस अघिको ‘तस्बिर’ भिडियोमा समेत यहि जोडीको अभिनय रहेको थियो ।

बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो ।

लिजेन्स इन्टरनेशनलको एजुकेशनको प्रस्तुति रहेको यस भिडियोलाई गायिका कंडेलको आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो । यसअघि गायिका कंडेलले ‘सधैलाई’, ‘नेपाली छोरी’, ‘म के भनौ’ म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेकी छन् ।

छुटाउनु भयो कि ?