Madhyabindu News App
राजनीति

एमाले नेपाल–खनाल पक्षको स्थायी कमिटि बैठक बस्दै

Madhyabindu Online


A A- A+

काठमाडौँ – नेकपा एमालेका नेता माधवकुमार नेपाल–झलनाथ खनाल पक्षको स्थायी कमिटि बैठक शनिबार पनि बस्दैछ। देशव्यापी रुपमा आफ्ना कार्यक्रम बिस्तारबारे छलफल गर्न  बस्न लागेको बैठक बिहान ११ बजेपछि सुरु हुनेछ।

नेपालसहित सो समूहका चार नेतालाई प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि पार्टीबाट निलम्बित गरेपछि नेपाल समूह रणनीतिक छलफलमा जुटेको हो।

शुक्रबार बसेको स्थायी कमिटि बैठकपछि नेपाल पक्षले नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुषालमाथि ओलीले गरेको कारवाहीको विरोध गरेको थियो।

छुटाउनु भयो कि ?