एमालेका नेताहरुकाे कार्यविभाजन, नेपाल पक्षको जिम्मेवारी खोसियो (सूचीसहित)
भट्टराईको मुखैमा झुण्डिएको ओलीको उपनाम ‘भष्मासुर’
काठमाडौँ – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरिपनी भष्मासुरको संज्ञा दिएका छन्। प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रतिपक्षीय धर्म निभाउने संकेत गरेकोमा सराहना गर्दै डा. भट्टराईले अहिलेकाे मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै रहेको बताएका हुन्।
सामाजिक सञ्जाल मार्फत भट्टराईले भनेका छन्, ‘अन्ततः प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ। अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौँ। आ–आफ्ना दलका फरक एजेण्डा हुन्छन् तर ती सबै भन्दामाथि देश, जनता र लोकतन्त्रको आवश्यकता र प्राथमिकता हुन्छ। आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो है।’
यसअघि सरकारी सञ्चार माध्यम रेडियो नेपालको एक प्रत्यक्ष अन्तर्वार्तामा डा. भट्टराईले ओलीलाई भष्मासुर भनेपछि सञ्चार मन्त्रालयले रेडियो नेपालका कार्यकारी निर्देशक र समाचार प्रमुखलाई स्पष्टीकरण सोधेको थियो।