कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन, केन्द्रलाई हस्तक्षेप नगर्न ध्यानाकर्षण

प्रधानमन्त्री ओलीले भने, ‘समर्थन फिर्ता लिए राजीनामा आउँछ’
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई दिएको समर्थन फिर्ता लिए राजीनामा दिने बताएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शुभारम्भ गर्दै ओलीले राजीनामा माग्दैमा आफूले नदिने तर समर्थन फिर्ता लिएमा राजीनामा आउने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले समर्थन फिर्ता लिइदिन भनेको तर त्यसो नभएकाले राजीनामा नदिएको बताए । दिनैपिच्छे राजीनामा माग्ने गरेको र, सञ्चार माध्यमहरुले त्यसलाई नै मुख्य समाचार बनाएको बताए ।
‘आज मागेको हो र राजीनामा, मागेको माग्यै छन् त । मागेपिच्छे म कसरी दिनसक्छु ?’ उनले भने, ‘एउटाले माग्दैन, दुईटाले माग्दैन, एकदिन माग्दैन, दुई दिन माग्दैन । माग्या छ माग्या छ ।’
प्रधानमन्त्री केपी ओलीले आफूलाई बहुत स्थापित र राष्ट्रको सबैभन्दा लोकप्रिय तथा बढी बिक्ने अखबारले राजीनामा माग्ने समाचारलाई प्राथमिकता दिएको भन्दै कटाक्ष गर्दा यस्तो बताएका हुन् ।
ओलीले राजीनामाको समाचारलाई प्राथमिकता दिएको र सरकारले गरेका विकास निर्माणका कामलाई अगाडि नराखेको भनेर असन्तुष्टि पोखेका छन् । ओलीलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएको छैन । ओलीले माओवादीतर्फ लक्षित गर्दै समर्थन फिर्ता नलिएकाले राजीनामा दिन नसकेको बताएका हुन् ।