Madhyabindu News App
मुख्य खबर​

विद्यालय फेरि बन्द हुनसक्ने संकेत

Madhyabindu Online


A A- A+

काठमाडौं – विद्यालयलगायत शैक्षिक संघसंस्थाहरु फेरि बन्द हुन सक्ने सम्भावना बढ्दै गएको छ । विद्यालय जाने उमेर समूहमा कोरोना भाइरसको संक्रमण बढ्दो रहेको भन्दै स्वास्थ्य मन्त्रालयले उच्च सतर्कता अपनाउन आग्रह गरेसँगै बन्द हुने सम्भावना देखिएको हो ।

आज स्वास्थ्य मन्त्रालयले सूचना जारी गरी काठमाडौं, पोखरालगायतका ठूला सहरहरुमा विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढ्दो रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।

पछिल्लो समय प्रयोगशालाहरुको परीक्षणबाट विद्यालय जाने उमेर समूहका बालबालिकामा संक्रमण बढेको तथ्यांक उल्लेख छ ।

छुटाउनु भयो कि ?