Madhyabindu News App
खेलकुद

विराट गोल्डकपको पाँचौ संस्करण बिहीबारदेखि विराट

Madhyabindu Online


A A- A+

माेरङ –  विराट गोल्डकप फुटबल प्रतियोगिताको पाँचौ संस्करण विराटनगरमा भोलि सुरु हुँदैछ । विराटनगरको शहिद मैदानमा भोलिबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टिम विराटनगर–११ र यूनाइटेड फुटबल क्लब सिक्किमबीच प्रतिस्पर्धा हुनेछ ।

आगामी बैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका सबै खेल रात्रीकालीन हुने छन् । प्रतियोगिताका लागि प्रदेश एक सरकारको ४ करोड २९ लाख रुपैयाँको लागतमा शहिद मैदानमा स्थायी फ्लडलाइटको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा तीन विदेशी सहित १० टिमको सहभागिता रहने आयोजक समितिका संयोजक मनोज विक्रम शाहले बताए । मनाङ मस्र्याङदी, मच्छिन्द्र, संकटा, ब्वाईज यूनियन, सशस्त्र प्रहरीको एपीएफ, नेपाल प्रहरी, गोरखा ब्वाईज क्लब सहित भारतको पञ्जाब पुलिस क्लब सिक्किम र अफ्रिकन क्यामरुन टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

विजेताले १५ लाख १५ हजार, उपविजेताले ७ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल, प्रत्येक म्याचका म्यान अफ द म्याचले १० हजार, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिड फिल्ड, फरवर्ड, हाइस्कोरर, टिम व्यवस्थापक र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्न गर्नेछन् ।

छुटाउनु भयो कि ?