Madhyabindu News App
खेलकुद

संकटा क्लब आहा–रारा गोल्ड कपको फाइनलमा

Madhyabindu Online


A A- A+

पोखरा – संकटा क्लब पोखरामा जारी आहा–रारा गोल्ड कप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा बुधबार भएको सेमिफाइनलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफलाई २–० गोल अन्तरले पराजित गर्दै संकटाले उपाधि यात्रा तय गरेको हो ।

खेलको ३३ औं मिनेटमा संकटाका सुवास गुरुङले गोल गरी टोलीलाई अग्रता दिलाए । खेलको ९० औं मिनेटमा आशिष राईको पासमा विदेशी खेलाडी ग्लोरीले अर्को गोल गर्दै संकटालाई जित दिलाए ।

खेलको ४१, ७३ र ८९ औं मिनेटमा पनि संकटाले गोल गर्ने अवसर पाएकोमा सदुपयोग गर्न सकेन । खेलमा म्यान अफ दी म्याच संकटाका अमित तामाङ घोषित भए ।

बिहीबार हुने दोस्रो सेमिफाइनलमा नेपाल पुलिस र अफ्रिकन रुट्स एसोसिएसनबीच प्रतिस्पर्धा हुनेछ ।

छुटाउनु भयो कि ?