Madhyabindu News App
गण्डकी प्रदेश

गण्डकीमा माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिए

Madhyabindu Online


A A- A+

पाेखरा – गण्डकी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिएका छन् ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले आज राजीनामा दिएका हुन् ।

आज सुरु गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै चुमानले आफूहरुले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष राजीनामा पत्र बुझाइसकेको जानकारी दिए ।

आजै पोखरामा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रदेश सरकारमा सहभागी दुई जना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको थियो । प्रदेश सरकारलाई दिएको समर्थन भने तत्काल फिर्ता नलिने सो पार्टीले जनाएको छ ।

छुटाउनु भयो कि ?