एमालेका नेताहरुकाे कार्यविभाजन, नेपाल पक्षको जिम्मेवारी खोसियो (सूचीसहित)
विराटनगरमा १४५ घरधुरी सुकुम्बासीका लागि घर निर्माण सुरु
विराटनगर – मोरङको विराटनगर महानगरपालिकामा महानगर आवास परियोजना अन्तर्गत १ सय ४५ घरधुरी सुकुम्बासीका लागि एकिकृत बस्ती निर्माण सुरु भएको छ ।
विराटनगर महानगरपालिका–१२ मल्हनमास्थित केसलीया खोलाको किनारमा परियोजनाको नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आज शिलान्यास गरे ।
प्रदेश १ का कांग्रेसका प्रमुख सचेतक केदार कार्की, महानगर, ह्याविट्याट फर नेपाल र सहारा नेपालको संयूक्त लगानीमा बस्ती निर्माण सुरु भएको हो ।
स्थानीय भैरब शर्माको ३ विघा १६ कठ्ठा ५ धुर जग्गा ४ लाख ७५ हजारको दरमा सुकुम्बासी परिवारको नाममा खरिद गरेर बस्ती निर्माण सुरु गरिएको प्रमुख सचेतक कार्कीले बताए ।
जग्गाको मूल्य सुकुम्बासीहरुले तिर्ने तथा भान्छासहित ३ कोठा र शौचालय सहितको घर नि:शुल्क उपलब्ध गराउने योजना रहेको कार्कीको भनाई छ । १ सय ४५ परिवारको नाममा साढे ७ धुरको दरले जग्गा रजिष्ट्रेशन पास गराएको छ । सम्पूर्ण घर निर्माणका लागि ५ करोड ८० लाख रुपैयाँ लाग्ने अनुमान छ ।