Madhyabindu News App
प्रदेश २

छिपहरमाई गा.पा.मा नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन

Madhyabindu Online


A A- A+

धर्मेन्द्र प्रसाद यादव/भिस्वा – पर्साको छिपहरमाई गाउँपालिकाको वडा नः ३ जयमंगलापुरमा नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन भएको छ । छिपहरमाई गाउपालिका वडा नः ३ का वडा अध्यक्ष बिनोद साह कानुको अध्यक्षता तथा छिपहरमाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रमको प्रमुख अतिथि रहेका गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले स्वास्थ्य चौकी जयमंगलापुरमा बुधबार एक कार्यक्रमका बीच भगवान धनवन्तरीको फोटोमा फूलमाला अबिर तथा दीपप्रज्वल र ब्यानर पढी नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन गरेका थिए ।आयुर्वेदिक औषधि, योग, ध्यानलगायत क्रियाकलापप्रति नागरिकको बढ्दो चासोलाई ध्यानमा राखेर छिपहरमाईको जयमंगलापुरमा प्रदेश आयुर्वेद औषधालयको सहयोग र जिल्ला आयुर्वेद स्वास्थय केन्द्रको आयोजनामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो ।

‘कोरोना महामारीले एक पटक पुनः आयुर्वेद औषधिको सेवन तथा सेवा सुविधाबारे नागरिकमा धेरै उत्सुकता बढाएको छ । अहिले पनि कोरोना संक्रमित अधिकांश नागरिकले रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेद औषधिको प्रयोग गरेका छन्।आयुर्वेदको महत्त्व विगतदेखि वर्तमानसम्म र भविष्यमा पनि उत्तिकै रहने भएकोले नागरिकको माग अनुरूप आरोग्य सेवा केन्द्र स्थापना गर्नु परेको प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले बताए।आयुर्वेदिक स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरेकामा जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र विरगंजलाई धन्यवाद ज्ञापन गरे र आम जीवनमा रोगहरूबाट लड्नको लागि औषधिको मात्रै आवश्यकता नभई आयुर्वेदिक उपचारले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए।

No description available.

छिपहरमाई गाउँपालिका–३ का अध्यक्ष बिनोद साह कानुले जयमंगलापुरमा आयुर्वेद औषधालय नहुँदा गाउँका सर्वसाधारण आयुर्वेद औषधिका लागि पर्साको सदरमुकाम विरगंज देखि भारतको विभिन्न ठाउसम्म पुग्ने गरेको स्मरण गरे । गाउँमै नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएपछि आयुर्वेद औषधिमा विश्वास राख्ने नागरिकलाई बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने उनले बताए ।छिपहरमाईका वरिष्ठ समाजसेवी तथा युवा नेता सुबास साहले गाउँघरमै आरोग्य सेवा केन्द्र सञ्चालनमा आएपछि नागरिकलाई धेरै सहज हुने अपेक्षा गरे ।

कार्यक्रममा बोल्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका डाक्टर रमेश मिश्रले नागरिक आरोग्य सेवा केन्द्रको सेवा वैशाखको पहिलो हप्ता बाट सुरु हुने र सबैलाई निरोगी तथा स्वास्थ्य बनाउने उद्देश्यका साथ सेवा सुरु गर्ने बताए । रोग प्रतिरोधात्मक क्षमता बढाउन समेत आयुर्वेद औषधि महत्वपूर्ण रहेको बताउँदै नागरिक आरोग्य सेवा केन्द्रको भूमिका महत्वपूर्ण हुने मिश्रले बताए ।

त्यसैगरी गाउँपालिकाका स्वास्थ्य संयोजक शम्भु साहले एलोपेथिक र आयुर्वेदिक दुबै खाले उपचार पद्धति को सुरुवात गाउँपालिकामा भएको बताउँदै एलोपेथिक उपचार पद्धतिले मात्र सबै रोगहरूको निदान नहुने हुँदा आर्युबेदिक उपचार पद्धतिको सुरुवात गरेको बताए।उक्त कार्यक्रमको स्वागत मन्तव्य दिनेश साहले गरेका थिए ।

No description available.

छुटाउनु भयो कि ?