एमालेका नेताहरुकाे कार्यविभाजन, नेपाल पक्षको जिम्मेवारी खोसियो (सूचीसहित)
पूर्व राजा–रानी धार्मिक यात्राका लागि भारत जाँदै
काठमाडौँ – पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमलराज्यलक्ष्मीदेवी शाह हरिद्वार महाकुम्भमा सहभागी हुन बिहीबार भारतको दिल्ली प्रस्थान गर्दै छन् ।
नेपाल वायु सेवा निगमको विमानबाट दिल्ली हुँदै पूर्व राज दम्पती त्यस तर्फ जान लागेको निर्मल निवास स्रोतले जानकारी दिएको छ ।
चैत ३० गते मौनी अमावश्यको शुभमुहूर्तमा त्यहाँ शाही स्नान तथा विशेष कार्यक्रममा सहभागी हुन मेला आयोजकका तर्फबाट आएको निमन्त्रणालाई स्वीकार गर्दै पूर्व राज दम्पती त्यस तर्फ जान लागेका हुन् ।
धार्मिक यात्राका क्रममा नेपालका विभन्न मठ मन्दिर घुमेका पुर्व राजा ज्ञानेन्द्र शाहले गर्ने भारतको भ्रमण राजनितिक वृत्तमा अर्थपुर्णरुपमा हेरिएको छ ।