Madhyabindu News App
मनोरञ्जन

ग्लोबल एनआरएन सिंगिङ आइडलः डिजिटल अडिसनको समय थपियो

Madhyabindu Online


A A- A+

दोहा – ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा सहभागी हुनका लागि डिजिटल अडिसन पठाउने मिति ३० अप्रिलसम्म बढाइएको छ ।

ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ आयोजक गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व युवा समितिका संयोजक राज रेग्मीका अनुसार प्रतियोगिताको आयोजनाको तयारी र प्रतियोगीहरुको सुझावलाई दृष्टिगत गरी डिजिटल अडिसनको समय थपिएको हो ।

‘ग्लोबल सिंगिङ आइडलको तयारी भइरहेका बेला सबै क्षेत्रको सुझावका आधारमा अडिसनको मिति केही परिमार्जन गरिएको हो, साथै प्रतियोगिताका विजेताहरूले प्राप्तगर्ने पुरस्कार रकम पनि वृद्धि गरिएको छ,’ रेग्मीले भने ।

ग्लोबल एनआरएन आइडलका विजेताले प्राप्तगर्ने पुरस्कार राशि ३ गुणा भन्दा धेरै बढाएर ७ लाख रुपैयाँ तय गरिएको रेग्मीले बताए । यसअघि डिजिटल अडिसन अप्रिल १० तारिखका लागि तय भएको थियो र, प्रथम पुरस्कारको राशि २ लाख रुपैयाँ तोकिएको थियो ।

त्यसैगरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने छ ।

मध्यपूर्व युवा संयोजक रेग्मीका अनुसार डिजिटल अडिसन अप्रिल ३० माहुने छ । ओपनिङ राउन्ड मे १४ र १५ तारिखमा हुनेछ । ग्राण्ड फिनाले मे २१ तारिखमा सम्पन्न हुने रेग्मीले बताए ।

छुटाउनु भयो कि ?