Madhyabindu News App
मनोरञ्जन

किरण र अस्मिताको स्वरमा ‘मन खाने माया’ सार्वजनिक

Madhyabindu Online


A A- A+

काठमाडौँ – दिप गिरीको शब्द, शंकर थापाको संगीतमा रहेको ‘मन खाने माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रोमाण्टिक भर्सनको यस गीतमा किरण भुजेल र गायिका अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । यस गीतलाई विश्व अधिकारीले संगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा डिमोन क्षत्री, रोनी, सिर्जना जिसी र स्मृति श्रेष्ठबीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ । रोनीले कोरियोग्राफी गरेको यस भिडियोलाई फराज अर्पणले सम्पादन र छायांकन गरेका हुन् ।

सविता गिरी निर्मात्री रहेको यस भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो । डश म्युजिकको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

छुटाउनु भयो कि ?