Madhyabindu News App
प्रदेश १

सभामुखले बोलाएको बैठक मुख्यमन्त्रीद्वारा बहिष्कार

Madhyabindu Online


A A- A+

विराटनगर – प्रदेश १ संसदमा देखिएको समस्या समाधान गर्न प्रदेश १ सभामुखले बोलाएको छलफलमा नगएका मुख्यमन्त्री शेरधन राईले छुट्टै सर्वदलीय बैठक बोलाएका छन् । सोमबार प्रदेशसभा बैठक बस्नुअघि मुख्यमन्त्री राईले सर्वदलीय बैठक बोलाएका हुन् ।

मुख्यमन्त्रीको सहमतिमा बोलाइएको बैठकमा मुख्यमन्त्री राई नै उपस्थित भएनन् । मुख्यमन्त्री उपस्थित नभएपछि छलफल विनानिष्कर्ष टुङ्गिएको थियो ।

प्रतिपक्षी दलहरुले सोमबारको बैठक पनि अवरोध गर्ने बताएपछि मुख्यमन्त्री राईले सोमबार विहान ११ बजे सर्वदलीय बैठक बोलाएका हुन् । ‘हिजो बोलाइएको छलफलमा मुख्यमन्त्री सहभागि नभएपछि हाम्रो असहमति रह्यो, छलफल निष्कर्षमा पुगेन,’ माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने, ‘आज मुख्यमन्त्रीले मुख्यमन्त्री कार्यालयमा सर्वदलीय छलफल बोलाउनु भएको छ ।’

सर्वदलीय छलफलमा मुख्यमन्त्री माग सम्बोधन गर्न सहमत भए प्रदेश सभामा अवरोध नगर्ने प्रतिपक्षको तयारी छ । ‘मुख्यमन्त्रीले बोलाएको छलफलबाट निकास निस्किए अवरोध हुन्न्,’ आङ्बोले भने, ‘छलफल पछि टुङ्गो लाग्छ ।’

छुटाउनु भयो कि ?