Madhyabindu News App
मनोरञ्जन

विष्णु र राजको डेब्यु म्युजिक भिडियो ‘जलेर खरानी’ सार्वजनिक

Madhyabindu Online


A A- A+

काठमाडौँ – इजरायलमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका गायक राज लिम्बुले ‘जलेर खरानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

मार्मिक शब्द समेटिएको यस गीतमा प्रेमिका गुमाउनु पर्दाको पश्चताप र पिडा पोखिएको छ । यस गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक लिम्बुको रहेको छ । यस गीतलाई पुष्कर सुनुवारले संगीत संयोजन गरेका हुन् ।

यसै भिडियो मार्फत अभिनयमा गायक लिम्बु र बिष्णु कट्टेलले डेब्यु गरेका छन्। भिडियोमा प्रेम तामाङको समेत अभिनय देख्न सकिन्छ ।

यस गीतको भिडियोलाई सन्तोष माबोको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो । गायक लिम्बुको आधिकारिक च्यानल राज लिम्बुु मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

यसअघि गायक लिम्बुले ‘बुझिदेउ’, ‘हाउ लुङ्ग्वाु, ‘मुस्कानु, ‘म पागलु लगायत थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन् ।

छुटाउनु भयो कि ?