Madhyabindu News App
स्वास्थ्य

टेकु अस्पतालमा अबदेखि काेराेनाका विरामीकाे मात्रै उपचार हुने

Madhyabindu Online


A A- A+

काठमाडौं –  टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालले मंगलबारदेखि कोभिड उपचार सेवामात्र दिने भएको छ। मंगलबारदेखि ननकोभिड सेवा बन्द गरेर अन्तरंग सेवालाई कोभिडमय बनाइएकाे हाे ।

पछिल्लो समय कोरोना संक्रमण बढेका कारण अस्पतालको अन्तरंग सेवालाई कोभिडको मात्र उपचार सेवा दिने गरी व्यवस्था गरिएको अस्पताल स्राेतले बताएकाे छ ।

तर एचआइभी र ‘एन्टी रेबिज भ्याक्सिन’ सेवा र साधारण ओपिडी सेवा भने यथावत् रहने स्राेतले जानकारी दिएकाे छ ।

अहिले अस्पतालमा २० भन्दा बढी संक्रमितहरू उपचाररत रहेको अस्पतालले जनाएको छ।

छुटाउनु भयो कि ?