Madhyabindu News App
स्वास्थ्य

कोरोना देखिएका विद्यालय एक साता बन्द गर्ने काठमाडौँ महानगरको निर्णय

Madhyabindu Online


A A- A+

काठमाडौं – काठमाडौँ महानगरपालिकाले संक्रमण देखिएको विद्यालय एक साता बन्द गर्ने निर्णय गरेको छ ।कोरोना संक्रमित हुने विद्यार्थी र शिक्षकको संख्या बढ्न थालेपछि महानगरपालिकाले यस्तो निर्णय गरेको हो ।

काठमाडौँ महानगरपालिका प्रमुख स्तरको बिहीबार बसेको बैठकले कोरोना संक्रमित हुने विद्यार्थी र शिक्षकहरुको संख्या बढ्नथाले विद्यालयका शिक्षक, विद्यार्थो वा कर्मचारीमा कोरोना संक्रमण देखिए एक हप्ता विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गराउन आग्रह गरेको छ ।

संक्रमण नदेखिएका विद्यालयहरु भने स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने र भौतिक दूरी कायम गरी कक्षा सञ्चालन गर्न आग्रह गरिएको छ ।

काठमाडौँ महानगरले जारी गरेको सूचना

 

छुटाउनु भयो कि ?