Madhyabindu News App
स्वास्थ्य

नेपालमा शुक्रबार थप ९ सय जनामा कोभिड-१९ संक्रमण पुष्टि

Madhyabindu Online


A A- A+

काठमाडौँ – नेपालमा शुक्रबार थप ९ सय जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको ५ हजार ५ सय ३७ पिसिआर परीक्षणका क्रममा ८३६ जना र ६२१ एन्टीजेन परीक्षणका क्रममा ६४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप चार जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण तीन हजार ७० जनाको मृत्यु भएको छ । त्यस्तै थप २०८ संक्रमित निको हुँदा हालसम्म दुई लाख ७४ हजार ८१२ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ५ हजार ८ जना आइशोलेशन र ७७ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २३ लाख ३५ हजार ८४ वटा पिसिआर परिक्षण गरिएको छ ।

छुटाउनु भयो कि ?