Madhyabindu News App
विचार-ब्लग

सत्ता,शक्ति ,प्रवृत्ति र परिणाम

Madhyabindu Online


A A- A+

ध्रुब पाण्डे

संसार का निरंकुश सोच बोकेका कुनैपनी अतिवादी शासक ले आफुले असल शासन नै संचालन गरेको छु  भन्ने ठान्दछ।उ जतिसुकै निरंकुश र नरसंहारक किन न होस।साम्यवाद का गुरु कार्लमार्क्स ले प्रतिपादन गरेको कम्युनिस्ट मेनिफेस्टो को चार वटा बुंदा मध्य २ दुइवटा बुंदा वर्गसंघर्ष (class struggle ) र सर्वहारा को अधिनायकत्व (proletariat dictatorship) को परिभाषा अनुसार (The proletarians have nothing to loose but  their chains,they have a would to win.working men of all countries should unite.) अर्थात सर्वहारा ले केही गुमाउनु पर्दैन।तिमिहरुलाइ यो विश्व जित्नको लागि हो।यसरी बिश्व भरिका कम्युनिस्ट एकता बाट आफ्नो वर्गीय शत्रु पुंजिपती को रक्तपातपुर्ण बिनाशमा मार्क्स वाद दृढ बिश्वास राख्दछ। यो साम्यवाद मान्नेहरु को मुल मन्त्र हो।

साम्यवादि बिचार मान्ने बाहेक  अरु सबै वर्ग शत्रु हुन,प्रतिक्रियावादी हुन भन्ने कम्युनिस्ट हरुले तल्लो वर्गलाइ समेत यहि पाठ घोकाएको हुन्छ।कम्युनिस्ट हरु सधैं क्रान्ति को नाममा मानव हत्या लाई राजनीतिक बिजय ठान्दछन।२०२८,सालमा पुर्व माले हालको एमाले ले झापा आन्दोलन  सामन्ती सफाया को नाममा निर्दोष किसान र नाबालक को हत्या होस या चाहे प्रचण्ड को नेतृत्व मा माओवादी ले २०५२,साल देखि  चलाएको विध्वंस तथा सत्र हजार नेपाली नागरिक को हत्या होस यी सबै मानव हत्या (Genocide) थियो।हत्या गर्नु,मान्छे मार्नु,आफ्ना बिरोधिलाइ वर्ग शत्रु घोषणा गरेर राजनीतिक रुपमा मात्र न भएर भौतिक रुपमा नै समाप्त पार्नु कम्युनिस्ट क्रान्तिकारीता ठहरिन्छ।हाम्रोदेश को सन्धर्भमा पनि कम्युनिस्ट  हरुले क्रान्ति र परिवर्तन को नाममा  हत्याको शृङ्खला निरन्तर जारी राखे।सत्ता प्राप्ती को लागि हत्या नै उनको उच्चतम विकल्प हो भन्ने बिचार र सोच उनको दिमाग मा पाली रहे।कम्युनिस्ट हरु चाहे सत्तामा हुन या सत्ता बाहिर हुन हत्या,बलात्कार ,कुशासन निरन्तर चलिरहन्छ।सरकार कै संरक्षणमा नाबालिका  निर्मला पन्त र भगिरथी भट्ट को हत्यारालाइ पक्राउ गरि अपराधी लाई सजाय दिनुको सट्टा आफ्नै संरक्षणमा अपराधी  लाइ जोगाइ राखे।आफ्नो दलका गम्भीर अपराध गरेका ज्यानमारा कैदी लाई सरकार को सिफारिसमा कैद मिनाहा गरियो।ज्यानमारा कैदिले उन्मुक्ति पायो। अपराधी पिडित समक्ष खुलमखुल्ला  समाजमा हिंड्डुल गरेका छन।नागरिक लाई शुसासन,को प्रत्याभूति दिने,समाजमा शान्ती सुरक्षा कायम गर्ने कार्यपालिका का गृहमन्त्री एउटा अपराधी जेलमुक्त हुनुपर्दछ भनेर माइतीघर मन्डलामा धर्नामा बस्छन।यसबाट के स्पस्ट हुन्छ भने राज्य कानुन बिहिन छ।यी दुबै कम्युनिस्ट खेमाका ओलि प्रचण्ड हिंसा र अपराध गरेर आएको पृष्ठभुमि भएको कारण यिनिहरु बाट मानव हत्या को शृङ्खला अनवरत चलिरहन्छ।

प्रवृत्ति – स्वेच्छाचारी शासन ब्यबस्थामा व्यापक भ्रष्टाचार हुने गर्दछ।यो अहिलेको ओलि कम्युनिस्ट सरकार को सबैभन्दा   बढी देश र जनताको लागि पीडा र  मर्मको बिषय हो।यो लोकतन्त्रको लागि घातक हो।नागरिक लाई सबैभन्दा भैपरी आउने दैनिक समस्या सङ्ग प्रत्यक्ष जोडिएको बिषय भएको हुनाले नागरिक सरकार को बिरुद्ध मा एकजुट हुन्छन ,बिरोध गर्छन र खबरदारी गर्छन।तर यस्तो बिरोध निरंकुश सरकार लाई ग्राह्य हुंदैन।र नागरिक स्वतन्त्रता मा बन्देज लगाउछ।निरंकुश शासक ले संबिधान ऐन कानुन म आफै बनाउने हो मैले जे बोल्छु त्यो नागरिक ले हुबहु स्वीकार गर्नुपर्दछ भन्ने ठान्दछ।म बाहेक सबै रैती हुन भन्छ र नागरिक प्रती रैतिको व्यबहार गर्दछ।जबसम्म शासक को हिंसा ग्रस्त सोच दिमागमा रहिरहन्छ  नागरिक ले कहिलेपनी सुशासन,न्याय र सम्बृद्धी को अनुभव प्राप्त गर्न सक्दैन।कम्युनिस्ट शासन मा शासक को दयामाया मा नागरिकको जीवन चलिरहेको हुन्छ।मानव प्रती विवेकको गुन्जायस हुंदैन।कम्युनिस्ट को नजर मा मानव निर्जिव वस्तु सरह हुन्छ।जसरी पुर्व क्रुर तानाशाह युगाण्डा का दादा इदि अमिन,जर्मनीको हिटलर,रसिया का जोसेफ स्टालिन,युगोस्लाभीया को मार्शल टिटो,कम्बोडिया का पोलपोट,भियतनाम का होचिमिन्ह,इराकका शद्धाम हुशैन,र उत्तर कोरिया का बर्तमान कुर शासक किम जोङ्ग आदि ले आफ्नो सत्ता सुरक्षित राख्नको लागि आफ्नो देशको नागरिक माथी निर्ममता पुर्वक दमन गरे।चरम यातना दिए।नेपाल का कम्युनिस्ट शासक पनि तिनै बिचार द्वारा निर्देशित भएकोले यी चाहे ओलि हुन चाहे प्रचण्ड हुन दुबैको नियत र सोच ती क्रुर कम्युनिस्ट शासक को भन्दा भिन्न हुने छैन।

प्रवृत्ति र परिणाम – बिकाश र समृद्धि को कुरा गर्ने हो भने एउटा कम्युनिस्ट पुर्व माओवादी ले देशको भौतिक पुर्वाधार नष्ट मात्र होइन खरबौं को राष्ट्रको सम्पती ध्वस्त बनाएर ३०।औं बर्ष सम्म राष्ट्र उठ्नै नसक्नेगरी थिलोथिलो बनाए।आर्थिक रुपमा कंगाल बनाए।लाखौं युवा जनशक्ति लाई अरबको खाडिमा बिदेशिन बाध्य बनाए।देशमा उत्पादनशिल जनशक्ति न भएपछी ज्यादा से ज्यादा राज्यले परनिर्भरता ब्यहोर्नु पर्यो।अर्को कम्युनिस्ट दल एमाले ले सन1994.june(जेष्ठ २०५१) नेपाली कंग्रेस को सरकार हुंदा अरुण तेश्रो परियोजना वर्ल्ड बैंक सङ्ग निर्माण गर्ने सहमति भएको थियो। ४०२मेघावाट को अरुण तेस्रो परियोजना युद्ध स्तरमा कार्य हुनेवाला थियो।२०५१,सालको मंसिर को अन्त तिर विश्व बैंक को संचालक समितिको बैठक को समाप्ती बाट अन्तरास्ट्रिय सहयोग को नाकाबन्दी होइन बरु यसबाट राष्ट्रिय हित र दिगो बिकास को निम्ति अघि बढ्ने बाटो फराकिलो भएको छ भन्ने एमाले ले आफ्नो बिज्ञप्ती मा उल्लेख गरेको थियो।योजना रद्ध हुंदा एमाले ले खुसी ब्यक्त गरेको थियो।यसरी नेपाल का कम्युनिस्ट हरु सम्बृद्धिका बाधक हुन भन्नेमा दुइमत छैन।

झन्डै दुइतिहाइ को कम्युनिस्ट सरकार गठन भैसकेपछी भ्रष्टाचार को ग्राफ भर्टिकल र होरिजेन्टल दुबै ग्राफ उच्छ बिन्दुमा पुगेको छ।सन: 1989.मा नेपाल को गरिबी २६%थियो भने अहिले १०% ले वृद्धि भएर ३६%पुगेको छ।।नेपाली को प्रतिब्यक्ती आयमा वृद्धि हुन सकेको छैन।महंगी दर दिन दुइगुणा रात चौगुणा बढेको छ।सिमित ब्यक्ती बाहेक नेपाली को जिवन्स्तर दयनीय देखिन्छ।२०५१।साल मा ने क पा एमालेको सरकार भएको समयमा पटकपटक नेपाली कंग्रेस ले अरुण तेस्रो आयोजना अगाडि बढाउन आग्रह गर्दा समेत शून्य कान लगाएन।मध्यावधी निर्वाचन हुनुभन्दा ठिक एक महिना अगाडि  सन:1994.october  18 मा नेकपा एमाले का महासचिव माधब कुमार नेपाल ले विश्व बैंक लगायत अन्य दात्री निकायलाइ अरुण तेस्रो परियोजना कार्यान्वयन नगर्न पत्र लेखे।अहिले उक्त अरुण तेस्रो परियोजना भारत लाई सुम्पिए।यसकारण नेपालको बिकास र समृद्धि को बाधक नेपाल का कम्युनिस्ट हरु नै हुन भन्नेमा दुविधा रहेन।यी यावत राष्तघाती,कुकृत्य कम्युनिस्ट हरुले गरेको प्रत्यक्ष नेपाली जनता ले देखेर भोग गर्दागर्दै पनि किन कम्युनिस्ट हुन्छनरु तलोकतन्त्रवादी ले यसको व्याख्या र गहन चिन्तन गर्नु जरुरी छ।आत्मा समिक्षा गर्नु जरुरी छ।

लोकतान्त्रिक ब्यबस्थामा शक्तिपृथकिकरण को सिद्धान्त अनुरुप राज्यको अंगहरुको श्रोत र शक्ति को बांड्फांड गरिन्छ।तीन वटै संस्थाको भिन्नभिन्न अधिकार क्षत्र तोकिएको हुन्छ।आआफ्नो अधिकार प्रयोग गर्न स्वतन्त्र हुन्छन।एक ले अर्का लाई चेक एन्ड ब्यालेन्स गर्दछ।प्रजातन्त्रमा कानुनी राज स्थापित हुन्छ।लोकतन्त्र मा मानव अधिकार र कानुनी शासन प्रजातन्त्र का आधार स्तम्भ हुन।स्वएच्छाचारी शासन अन्त्य गर्न प्रजातान्त्रिक ब्यबस्थाको सदैव नियम कानुनमा आधारित प्रशासन ,राजनीति ,अर्थतन्त्र र समाज को कुशल ब्यबस्थापन गर्दछ।प्रजातन्त्र मा सम्पुर्ण नागरिक हरुप्रती समान व्यबहार गर्दछ।प्रजातन्त्र मा रेफ्री ले न हेरेपनी खेलको नियम पालना हुन्छ।

तर कम्युनिस्ट तन्त्रमा राजनीतिक खेलको नियम पालना नहुने हुनाले स्वएच्छाचारी शासन संचालन हुन्छ।लोकतन्त्र मा प्रधानमन्त्री जतिसुकै शक्तिशाली भएतापनी सामान्य नागरिक सरह समान ठानिन्छ।संबिधान भन्दा माथी कोहि हुंदैन।त्यसैले प्रजातन्त्र मा ब्यक्तिको शासन होइन बिधिको शासन हुन्छ।तर कम्युनिस्ट शासन ब्यबस्था स्वेच्छाचारी शासन ब्यबस्था मा विधि र पद्धति लाई स्वीकार गरिदैन।सत्तामा रहने ले मनोमानी ढंगले एकाधिकार प्रयोग गर्दछन।नागरिकको समस्या र गुनासा हरुलाइ संबोधन गरिदैन।उदाहरण को लागि जब ओलि को नेतृत्व मा सरकार गठन भयो उक्त समय देखि नै नागरिक अधिकार कुन्ठित गर्ने दुस्प्रयास गरेका थिए।माइतीघर मन्डलामा सरकार को बिरोध गर्ने नागरिक समाज प्रती सरकार असहिष्णु बन्दै शान्तिपुर्ण धर्नामा रोक लगाए।तत्कालीन समयमा अहिले ओलिको बिरोध गर्ने प्रचण्ड र माधवकुमार नेपाल ले त्यसो गर्दा आत्मा सन्तुष्टि लिइरहेका थिए।अहिले तिनै कम्युनिस्ट प्रचण्ड र माधवकुमार नेपाल ले माइतीघर मन्डलाको उपयोगिता देखे।तसर्थ कम्युनिस्ट हरु आफ्ना लागि मात्र हक र अधिकार को कुरा गर्दछन।यसबाट के स्पस्ट हुन्छ भने कम्युनिस्ट हरु देशको लागि होइन आफ्नो लागि मात्र सुख सुबिधा उपभोग गर्ने नितान्त स्वार्थी,पुर्वाग्रहि,निर्दयी,हुन्छन भन्नेमा ऐना जत्तिकै छर्लङ्ग छ।अब पनि नेपाली जनता ले कम्युनिस्ट को आचरण र चरित्र बाट पाठ न सिक्ने हो भने नेपाली ले  आफ्नो भाग्य लाई दोष दिने र धिक्कार्ने बाहेक केही प्राप्त  हुने छैन।हाम्रा पछिल्ला सन्तति ले यहि गरिबी,यहि दुख,यहि पीडा,यहि अन्याय अत्याचार ,यहि कुशासन मात्र देख्नेछन।

छुटाउनु भयो कि ?