Madhyabindu News App
लुम्बिनी प्रदेश

लुम्विनी प्रदेश सरकारमा सहभागी ४ मन्त्रीलाई फिर्ता हुन जसपाको निर्देशन

Madhyabindu Online


A A- A+

बुटवल – लुम्बिनी प्रदेश सरकारमा सहभागी चार जना मन्त्रीलाई जनता समाजवादी पार्टिले स्पष्टीकरण माग गरेको छ । मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अबिस्वास प्रस्तावमा हस्ताक्षर गरेको उक्त पार्टिले आफ्नै पार्टिका ४ जना सांसदहरु मन्त्री बन्न गएपछि मंगलबार सम्म फिर्ता हुन निर्देशन दिएको छ ।

पार्टिका लुम्विनी प्रदेश अध्यक्ष अशोक कुमार यादवले बिज्ञप्ती जारी गरी पार्टिको सोमवार बिहान बसेको बैठकले मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध अविश्वास प्रस्ताव लैजाने निर्णय बिपरीत मन्त्रीपरिषदमा सहभागी भएको भन्दै फिर्ता हुन निर्देशन दिएको हो ।

बिज्ञप्तीमा सरकारबाट फिर्ता भई २४ घण्टा भित्र चित्तबुझ्दो स्पष्टीकरण दिन निर्देशन दिदै त्यतिन्जेल सम्मका लागि सम्पुर्ण जिम्मेवारी बाट हटाउने निर्णय गरेको उल्लेख छ ।
नव नियुक्त मन्त्री सन्तोष पाण्डेले भने आईतवार संसदीय दलका उपनेताको अध्यक्षतामा सम्पन्न बैठकले आफुलाई संसदीय दलको नेता चयन गरेको र सरकार बिरुद्ध अबिश्वस प्रस्तावमा जाने कुनै निर्णय नगरेको बताए ।

सामाजिक बिकास मन्त्री कल्पना पाण्डेले लुम्विनी प्रदेशमा संघिय समाजवादी र राजपा बिच एकिकरणको प्रक्रिया टुगो नलागेकोले आफुलाई जनता समाजवादीको कुनै प्रकारको निर्देशन मान्य नहुने बताईन ।

नेपाली कांग्रेसको अगुवाईमा नेकपा माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध अविश्वास हस्ताक्षर गरी दर्ता गरेको एक घण्टा नबित्दै जनता समाजवादी पार्टीका सांसदहरु पोखरेल नेतृत्वकै सरकारमा सहभागी भएका थिए ।

जसपाका ४ जना सासद मन्त्री बनेको १ घण्टा नबित्दै उनीहरुलाई सरकारबाट फिर्ता हुने निर्देशन आएको छ ।

छुटाउनु भयो कि ?