Madhyabindu News App
खेलकुद

इन्द्रावतीमा दोस्रो “गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिता २०७८” शुरु

Madhyabindu Online


A A- A+

सिन्धुपाल्चोक – इन्द्रावती गाउँपालिकामा दोस्रो “गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिता २०७८” शुरु भएको छ । उक्त प्रतियोगिताकि सोमबार एक भब्य कार्यक्रमकाबिच इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङले इन्द्रावती-५ ऐंसेलुखर्कको गाउँपालिकाकै खेलमैदानमा उद्घाटन गरेका हुन ।

`स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागी खेलकुद´ भन्ने मुल नाराका साथ गाउँपालिकाकै आयोजनामा आइतबार बाट शुरूवात भएको उक्त प्रतियोगिता शुक्रबार सम्म चल्ने अध्यक्ष तामाङले बताए । कार्यक्रमको उद्घाटन मन्तव्य दिंदै अध्यक्ष तामाङले खेलकुदको माध्यमबाट युवाहरूलाई अघि बढाउने बताए । अध्यक्ष तामाङले भने ” प्रतियोगितामा सहभागी खेलाडीहरुको क्षमताको आधारमा उनिहरुलाई जिल्ला, प्रदेश तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय खेलहरुमा सहभागिताको सहयोग गर्न गाउँपालिकाले प्रोत्साहन गर्नेछ ।”

आइतबार भएको उद्घाटन खेलमा वडा नं १२ ले वडा नं ९ लाई २-० गोल अन्तरले पराजित गरेको छ । तेस्तै दोस्रो खेलमा वडा नं ५ ले वडा नं ४ लाई ३-२ गोल अन्तरले पराजित गर्दै जित हात पारेको छ ।

उक्त फुटबल प्रतियोगितामा प्रथम हुनेले प्रमाणपत्र सहित रु १ लाख, दोस्रो हुनेले रु ५० हजार, तेस्रो हुनेले रु २५ हजार र सान्त्वनाले रु १५ हजार प्राप्त गर्ने गाउँपालिकाले जनाएको छ ।

No description available.

छुटाउनु भयो कि ?