Madhyabindu News App
स्वास्थ्य

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ३ सय ५१ जनामा कोरोना

Madhyabindu Online


A A- A+

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ३ सय ५१ जनामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा सङ्कलित ८ हजार ८ सय ८४ नमुनाको पीसीआर विधिबाट गरिएको परीक्षणमा २ हजार २ सय २० र ८ सय ३ जनाको एन्टिजेन परीक्षणमा १ सय ३१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधवार प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितमध्ये १ हजार ५१ जना काठमाडौं उपत्यकाका भएको बताए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ७ सय ८६, ललितपुरमा १ सय ८१ र भक्तपुरमा ८४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

छुटाउनु भयो कि ?