Madhyabindu News App
स्वास्थ्य

कोरोनाले भारतमा २ हजार १ सय ४ जनाको मृत्यु, ३ लाख भन्दा बढीमा संक्रमीत

Madhyabindu Online फाइल फोटो


A A- A+

काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा ३ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार ३ लाख १४ हजार ८३५ जनामा संक्रमण देखिएको हो। संक्रमण पुष्टि भएको यो संख्या हालसम्म कै सबैभन्दा धेरै हो।

यस्तै, एकैदिन २ हजार १०४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म भारतमा १ करोड ५९ लाख ३० हजार ९६५ जनामा संक्रमण पुष्टि भइसकेको छ। यस्तै, १ लाख ८४ हजार ६५७ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो समय भारतमा दैनिक दुई लाख संक्रमण पहिचान भइरहेका थिए। आज भने ३ लाखभन्दा बढीमा संक्रमण देखिएको हो। हाल भारतमा २२ लाख ९१ हजार ४२८ सक्रिय कोरोना संक्रमित रहेका छन्। आउने दिनमा संक्रमितको संख्या वृद्धि हुने अनुमान गरिएको छ।

हाल संक्रमण बढेसँगै भारतका कयौं राज्यहरुमा लकडाउन लागू गरिएको छ। अस्पतालहरु बिरामीले भरिएका छन्। भारतको स्वास्थ्य क्षेत्र कोभिड १९ का कारण अस्तव्यस्त बनेको छ।

छुटाउनु भयो कि ?