Madhyabindu News App
मुख्य खबर​

राष्ट्रियसभा सदस्यको उपनिर्वाचन जेठ ६ गते, बादलको ठाउँमा बादलै उम्मेदवार ?

Madhyabindu Online


A A- A+

काठमाडौं – निर्वाचन आयोगले रिक्त रहेको राष्ट्रियसभा सदस्य पदमा जेठ ६ गते उपचुनाव गर्ने भएको छ । बिहीबार बसेको आयोगको बैठकले वाग्मती प्रदेश अन्तर्गतको अन्य समूह तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य पद पदपूर्तिका लागि उपनिर्वाचन घोषणा गरेको हो ।

यो समूहमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादल हालै दल त्याग गरेका कारण पदमुक्त भएका थिए ।

अब उपनिर्वाचन हुँदा सो पदमा नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नै पुनः उम्मेदवार बन्ने चर्चा छ ।यद्यपि एमालेले उक्त पदमा कसलाई उम्मेदवार बनाउने भन्नेबारे निर्णय गरेको छैन ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मात्र मतदान गर्न पाउनेछन् ।

वाग्मती प्रदेशसभा सदस्य ११० जना र प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३८ जनाले मतदान गरी वाग्मती प्रदेशबाट निर्वाचित हुने राष्ट्रियसभा सदस्य चयन गर्छन् । त्यसैले राष्ट्रियसभा सदस्य निर्वाचनमा को निर्वाचित हुन्छ भन्ने विषय पूर्वानुमानयोग्य नै हुन्छ । तर नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीचको बेमेलका कारण राष्ट्रियसभा सदस्य निर्वाचनमा पनि फ्लोर क्रस हुने कतिपयको आँकलन छ ।

११० सदस्यीय प्रदेशसभामा एमालेका ५६, माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २३, विवेकशील साझा पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका २/२ जना छन् । जनता समाजवादी पार्टीबाट निर्वाचित १ जना हाल कांग्रेसतिर छन् ।

छुटाउनु भयो कि ?