Madhyabindu News App
बागमती प्रदेश

हेटौँडा–काठमाडौँ जोड्ने सडक जेठ २५ गतेसम्मका लागि बन्द

Madhyabindu Online


A A- A+

काठमाडौं – हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको भीमफेदी–कुलेखानी सडक स्तरोन्नतिका लागि आजबाट बन्द हुने भएको छ ।उक्त सडक स्तरोन्नतिका लागि वैशाख १० गतेदेखि जेठ २५ गतेसम्मका लागि यातायात सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको यातायात पूर्वाधार विकास निर्देशनालय बागमती प्रदेश हेटौँडाले जनाएको छ ।

निर्देशनालयका अनुसार, कूल ३४ करोड बजेट विनियोजन गरी सो सडक खण्ड स्तरोन्नतीको काम गरीरहेको छ । १८ करोड रुपैयाँमा भीमफेदीदेखि देउराली भञ्ज्याङसम्मको आठ किलोमिटर सडकका र १६ करोड रुपैयाँ देउरालीदेखि कुलेखानीको हेबी चौरसम्मको साढे सात किलोमिटर सडक स्तरोन्नतिको काम भइरहेको निर्देशनालयले जनाएको छ ।

भीमफेदी–कुलेखानी–हेबीचौरसम्म पुरानो सडक फराकिलो पारिएको तथा ढल तथा पर्खाल निर्माण गरिएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने सिस्नेरीदेखि काठमाडौँको दक्षिणकालीका जोड्ने सडक पनि धमाधम मर्मत भइरहेको निर्देशनालयले जनाएको छ ।

सडक बन्द भएपछि सो सडक भएर सञ्चालन हुने यातायातका साधनहरु वैकल्पिक मार्गको रुपमा  त्रिभुवन राजपथ तथा कान्तिलोकपथ भएर सञ्चालन भइरहेका छन् ।

छुटाउनु भयो कि ?