Madhyabindu News App
राजनीति

ओलीको भान्सा बहिष्कार गर्दै वामदेवले भने – ‘तेसो भए म पनी तपाईंसँग आउन पनि सक्दिन’

Madhyabindu Online


A A- A+

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले आफु अध्यक्ष केपी शर्मा ओलीसँग रहन नसक्ने बताएका छन् । बिहीबार साँझ अध्यक्ष ओलीको निमन्त्रणामा डिनरका लागि बालुवाटार पुगेका गौतमले डिनरकै क्रममा ओलीलाई फागुन २८ को निर्णय फिर्ता लिन अनुरोध गरे पनि ओलीले त्यसमा आफू पछि नहट्ने बताएपछि बामदेवले यस्तो भनेका हुन् ।

गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीको फेसबुक स्टाटसअनुसार बामदेवको उक्त प्रस्तावलाई ओलीले ‘निर्णय फिर्ता हुँदैन’ भनेर भनेपछि डिनर नसकिँदै बामदेव बालुवाटारबाट बाहिरिएको जनाइएको छ ।

सुवेदीले सार्वजनिक गरेको तस्बिरमा केपी ओलीले खाना खाँदै रहेको अवस्थामा बामदेव उठेर हिँड्न लागेको देखिएको छ । जुन नेपाली र अन्य परम्परामा पनि असामान्य मान्ने गरिन्छ ।

बामदेवले अगाडि भने, ‘तपाइले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरें। उहाँले ती निर्णय फिर्ता हुदैनन् भन्नुभयो। त्यसो भए म तपाईंसँग आउन पनि सक्दिन भनेर जवाफ दिए। डिनर चल्दै थियो नमस्कार गरेर म विदा भएँ’ ।

सुवेदीको फेसबुक स्टाटसः

 

छुटाउनु भयो कि ?