Madhyabindu News App
राजनीति

ओलीले बोलाएको बैठक खनाल-नेपाल समूहले बहिष्कार गर्ने

Madhyabindu Online फाइल फोटो


A A- A+

काठमाडौँ – सत्तारूढ नेकपा एमालेको केन्द्रीय कमिटी (महाधिवेशन आयोजक कमिटी) बैठक शुक्रबार (आज} बस्दै छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।

ओलीले बोलाएको बैठकमा नेता झलनाथ खनाल-माधवकुमार नेपाल समूहका सदस्यहरू भने सहभागी नहुने भएका छन् । माओवादी केन्द्र र एमालेको एकतालाई सर्वोच्‍च अदालतले छुटाइदिएपछि ओली समूहले गरेका सबै निर्णय खारेज नगरेसम्म बैठकमा सहभागी नहुने नेपाल निकट एक नेताले बताए ।

एमालेमा पछिल्लो समय आन्तरिक विवाद चुलिएको छ । विवादले सरकारदेखि पार्टी हुँदै प्रदेशसम्म समस्या उत्पन्‍न भएको छ । केही दिनअघि कर्णाली प्रदेशमा नेपाल पक्षका चार जना सांसदहरूले ‘फ्लोर क्रस’ गरेर माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई समर्थन गरेपछि विवादले फेरि अर्को रुप लिएको छ ।

चार महिना पानी बाराबारको स्थितिमा पुगेका ओली र नेपालबीच बुधबार र बिहीबार नक्सालस्थित होटल मेरियटमा  मन माझामाझ त भयो । तर ओलीले कुनै हालतमा निर्णय फिर्ता नलिने अडान लिएपछि त्यो वार्ता सफल हुन सकेन ।

बिहीबार साँझ नै अर्का नेता वामदेव गौतमलाई ओलीले बालुवाटारमा डिनर दिएर आफुसँग फर्कन अनुरोध गरेको तर फागुन २८ गते निर्णय फिर्ता लिने भए मात्रै आउने भनेपछि ओलीले निर्णय फिर्ता नलिने बताएका थिए ।

छुटाउनु भयो कि ?