Madhyabindu News App
मुख्य खबर​

एमालेका नेताहरुकाे कार्यविभाजन, नेपाल पक्षको जिम्मेवारी खोसियो (सूचीसहित)

Madhyabindu Online


A A- A+

काठमाडौं – नेकपा एमालेले महाधिवेशन आयोजक समितिका सदस्यको कार्यविभाजन गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक समितिको बैठकले २६५ जना नेताहरुलाई विभिन्न जिम्मेवारी तोकेको हो ।

ओलीले लामो समयदेखि आफूलाई साथ दिएका, माओवादीबाट आएका र नेपाल पक्ष छाडेका नेताहरुलाई छानिछानी जिम्मेवारी सुम्पेका छन्। नेपाल पक्षमा खुलेका कसैलाई पनि ओलीले पार्टीको जिम्मेवारी दिएका छैनन्।

नेपालका विश्वास पात्र मानिदै आए पनि केही दिनअघि ओली समूहमा लागेका विष्णु रिजाललाई ओलीले दुईवटा जिम्मेवारी दिएका छन्। उनलाई राजन भट्टराई प्रमुख रहेको पार्टीको विदेश विभागको उपप्रमुख र दैलेख जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ।

त्यस्तै नेपाल समूहबाट ओलीतिर लागेका सांसद शेरबहादुर तामाङलाई पार्टी कार्यालयको सचिव जस्तो महत्वपूर्ण जिम्मेवारी तोकिदिएका छन्। तामाङलाई बागमती प्रदेशको सहइञ्चार्ज र सिन्धुपाल्चोक जिल्लाको इञ्चार्जको समेत जिम्मेवारी पाएका छन्।

हेर्नुहोस् नेताहरुको कार्यविभाजन:

 

छुटाउनु भयो कि ?